१५ चैत्र २०८० बिहीबार
राजनीति

उप–राष्ट्रपति पुन साताव्यापी भ्रमणका लागि उडे अष्ट्रिया

काठमाडौं - उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ यूरोपेली मुलुक अष्ट्रियाको साताव्यापी भ्रमणमा निस्केका छन्। उपराष्ट्रपति पुन अष्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर भान द बेलेनको निमन्त्रणामा भियनामा जेठ १४ गते आयोजित जलवायु सम्बन्धी आर–२० विश्व शिखर सम्मेलनमा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका हुन्।

उपराष्ट्रपति पुन कतार एयरवेजको विमानमार्फतविहान ९ः२० बजे दोहा हुँदै अष्ट्रिया प्रस्थान गर्नेेछन्। भ्रमण टोलीमा उपराष्ट्रपतिकी पत्नी हस्तमाली पुन, वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतलगायत सहभागी रहेका छन्।

उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्ती मगरका अुनसार भ्रमणको क्रममा  उपराष्टपति पुनले अष्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर भान द बेलेनसँग शिष्टाचार भेट
गर्नेेछन्। अष्ट्रियामा रहँदा उपराष्ट्रपतिले अष्ट्रिया स्थित नेपाली राजदूतावासले आयोजना गरेको अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा सहभागी हुनु हुनेछन्।

भ्रमणको क्रममा उनले अष्ट्रियामा रहेका नेपाली समुदायसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ । उपराष्ट्रपति पुन भ्रमण सकाएर जेठ १८ गते स्वदेश  फर्कनु भ्रमण तालिका रहेको छ।  संयुक्त राष्ट्र संघको दिगो विकासको लक्ष्य र पेरिस संझौताका जनादेशहरु हासिल गर्न सहयोग हुने गरी अष्ट्रियामा हरेक वर्ष यो सम्मेलन हुँदै आएको छ। सम्मेलनमा विभिन्न मुलकका राष्ट्रपति, उपप्रमुख तथा प्रधानमन्त्रीहरु सहभागी हुने बताइएको छ।

 

प्रकाशित: १२ जेष्ठ २०७६ ०४:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App