८ वैशाख २०८१ शनिबार
राजनीति

विधेयक फिर्ता नलिए मुडभेडः गच्छदार

विराटनगर– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले संविधान विपरित ल्याइएका विधेयक फिर्ता नभए देशमा मुडभेडको स्थिति उत्पन्न हुने बताएका छन्। शुक्रबार मोरङको वुढीगंगा गाउँपालिकालाई खुल्ला दिसा मुक्त घोषणा सभालाई सम्बोधन गर्दै गच्छदारले संविधान विपरित सरकारले ल्याए विधेयक फिर्ता नभए देश मुडभेडतर्फ जाने बताएका हुन्।

संविधान कार्यान्वयनको जिम्मा पाएको सरकार नै संविधान विपरित प्रेस स्वतन्त्रता र मानवअधिकार कुण्ठीत हुने प्रावधानसहितका विधेयक संसदबाट पारित गराउन खोजिरहेको गच्छदारको भनाई छ। उनले भने‘ संविधान विपरितका विधेयक फिर्ता नलिई जवर्जस्ती पारित गराउन खोजे देशमा मुडभेडको स्थिति उत्पन्न हुन्छ।’ गच्छदारले प्रतिपक्ष दलले प्रेस विरोधी विधेयक फिर्ता लिन सरकारलाई बारम्बार आग्रह गरिरहेको बताए।

दुई तिहाइको बहुमत भएको सरकारले प्रतिपक्षीदलहरूस“ग सहकार्य गरेर अघि बढ्नुपर्ने उनको सुझाव छ। ‘सहमति नगरी संसदमा जवर्जस्ती गर्न खोजे प्रतिपक्ष दलले शसक्त रुपमा प्रतिवाद गर्नेछ’ गच्छदारले भने। सरकारले घोषणा गरेजस्तो समृद्धि आउने काम गर्न नसकेको उनको टिप्पणी छ। समृद्ध राष्ट्र बनाउने घोषणा गर्ने तर, कामचाहिं नगर्ने सरकारको प्रवृत्तीले देशमा समृद्धि नआउने उनको दाबी छ।

प्रकाशित: १० जेष्ठ २०७६ १३:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App