६ वैशाख २०८१ बिहीबार
राजनीति

मोदी विजय : नेपालको दृष्टिमा

प्राचीन हिन्दु राष्ट्रवादलाई प्रेरणाको मूल स्रोत मानेर विश्वसमुदायमा उभिने भारतको निर्णय बिहीबार घोषित निर्वाचन परिणामले देखाएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोभालको शब्दमा ‘यो राष्ट्रवादको जित हो।’ ‘भारतीय संस्कृति र हिन्दु संस्कृति साझा हुन्’ भन्ने नरेन्द्र मोदी लोकप्रिय राष्ट्रिय नेता भएको पुनःपुष्टि गर्दै थप शक्तिशाली भएर स्थापित भएका छन्।

यसपालि भाजपाले मोदीको नाममा चुनाव मात्र लडेको हैन, उम्मेदवारको सट्टा मोदीको नाममा भोट मागेको थियो। उम्मेदवारले आफ्ना लागि हैन मोदीका लागि भोट मागेका थिए। तर अन्य दलहरुसँग ओत लिने नेता नै थिएन। अघिल्लो चुनावमा भन्दा धेरै ठूलो सफलता मोदीलाई यसपालि मिलेको छ। नब्बे करोड भारतीय मतदाताको सामूहिक विवेकबाट नरेन्द्र मोदी विकल्परहित प्रतिस्पर्धीबिनाका राष्ट्रिय नेता स्थापित भएका छन्। दशकौं पछि भारतले ताजा जनादेश प्राप्त, निर्णय गर्ने आ“ट र कार्यान्वयन गर्ने क्षमता भएको शासक पाएको छ।

जवाहरलाल नेहरुपछिका १२ प्रधानमन्त्रीले नपाएको बहुमतसहित विश्वासको मत पाएर नरेन्द्र मोदी प्रजातान्त्रिक विश्वरंगमञ्चमा कुतुब मिनार व्यक्तित्व बनेका छन्। विगत पाँच वर्ष प्राथमिकतामा रहेको मोदी ब्रान्डको राजनीतिक संस्कृति, प्रजातन्त्रको चरित्र र शासकीय शैलीलाई व्यापक जनसमर्थन प्राप्त भएको छ। यसबाट निर्माणधीन नया“ विश्वव्यवस्थाको शक्ति सन्तुलनको तराजुमा सबैभन्दा महँगो ढक बनेको भारतको गुरुत्व अभैm बढेको छ। देशभित्र र विश्वमा भारतले बनाएको यो नया“ हैसियतसँग समायोजन गर्ने सीप नेपालले देखाउनुपर्छ।  विशेषत छिमेकीसँगको सम्बन्धमा समयको पहिचान, पत्यारको महŒव र सतर्कतापूर्वक छानिएका शब्दबाट व्यक्त सोचविचार अमूल्य हुन्छन् भन्ने पाठ सम्झन अब ढिला गर्नुहुन्न। औपचारिकरुपमा घोषणा भएपछि प्रतिक्रिया जनाउने आफ्नो लामो परम्परालाई छोडेर चिनिया“ राष्ट्रपपतिद्वारा नरेन्द्र मोदीलाई बधाई सन्देश पठाइएको छ। विगत पाँच वर्षमा एघारपटक भेटवार्ता गरेका भारत र चीनका नेताहरुबीचको सम्बन्धको निकटतालाई यसले पुष्टि गर्छ।

चुनाव परिणामले भारतीय राजनीति र शासकीय ढाँचामा आउने गुणात्मक परिवर्तनलाई बुझ्न, नेपालको सम्बेदनशिलता नया“ दिल्लीलाई बुझाउन, नेपालमा भारतको विशुद्ध हित सुरक्षित रहने पत्यार पार्न नेपालको राजनीतिक नेतृत्व सक्षम साबित हुनुपर्छ। विगतका कमजोरी र त्रुटि सच्याएर भारतसँगको सम्बन्धमा विश्वासको पुनस्र्थापना नेपालको प्राथमिकता हुनुपर्छ।

रमेशनाथ पाण्डेमोदीका नाममा भारतीय जनता पार्टीलाई प्राप्त बहुमतले भारतीय राजनीतिको परम्परागत चरित्र फेरेको छ। राजनीति र शासकीय व्यवस्थामा स्थापित शक्ति सन्तुलनमा विगत केही वर्षदेखि हैसियत बनाएका क्षेत्रीय दलहरुको कद यो चुनावले बाउन्ने बनाएको छ। सोनिया गान्धी नियन्त्रणको मनमोहन सिंहको शासनमा नेपाल नीति खटनपटन गर्ने कम्युनिस्ट पार्टीले भारतको राजनीतिमा प्रासंगिकता नै गुमाएको छ। कम्युिनस्टहरुले तीस वर्षसम्म एकक्षत्र शासन गरेको पश्चिम बंगाालको ४२ सिटमध्ये एउटा पनि जित्न सकेनन्। भारतीय जनमतको यो फैसला तथा कम्युनिस्ट विरोधी भाजपाको बलियो सरकार गठनको अर्थ बुझ्न भियतनाम र कम्बोडियाको उदाहरणलाई पछ्याउने लहडी रहर देखाउन खोजेको नेपाल कम्युनिस्ट पार्टीको सरकारले लगाएको क्षीणदृष्टिको दोषी चस्मा फेर्नु उचित हुन्छ। अघिल्लो चुनावमा प्रमुख प्रतिपक्षको हैसियतसमेत जोगाउन नसकेको भारतीय राष्ट्रिय कांग्रेस पार्टीको हैसियत यसपटक थप खराब भएको छ। स्वयं कांग्रेस अध्यक्ष राहुल गान्धी २९ वर्षदेखि काका, बाबु, आमा र आफैंले प्रतिनिधित्व गरेको अमेठी चुनावको स्थान बचाउन असफल भए। अब गठन हुने भारतीय ससद्मा प्रमुख प्रतीपक्ष रहने छैन। यसैगरी नेपालसँग सीमा जोडिएका भारतका चारमध्ये गैरभाजपाद्वारा शासित एकमात्र राज्य पश्चिम बंगालमा पनि नरेन्द्र मोदी नेतृत्वको हैसियत निर्णायकरुपमा स्थापित भएको छ।

यी तीनवटै अवस्थाको निष्कर्ष के हो भने नेपाल नीतिमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रभाव पार्ने अथवा दबाब दिने हैसियत अब कसैसँग पनि छैन। यो चुनाव परिणामले आध्यात्मिक चेतनाको उचाइ र हिन्दु संस्कारसँग गहिराइमा आत्मसात भएको प्रतिस्पर्धीरहित एउटै राष्ट्रिय नेता र एउटै राष्ट्रिय पार्टीलाई भारतका मतदाताले राज्यसत्ता बुझाएको तथ्य नेपालले हेक्कामा राख्नुपर्छ। सात चरणको मतदानको अन्तिम दिन चुनावको उखरमाउलो गर्मीबाट टाढा, धेरै टाढा हिमालयको काख केदारनाथको गुफामा सत्र घन्टा ध्यानमा बिताएर शिवभक्त नरेन्द्र मोदीले निशब्दरुपमा, अद्वितीयरुपमा अन्तरआत्माको दृढता र शक्तिशाली नैतिक हैसियत देखाएका थिए। समुद्र सतहबाट १७ हजार ७ सय ५५ फिटमाथि हिमालयमा पलेटी कसेर आध्यात्मिक ध्यान गर्न उच्चश्रेणीको धार्मिक ताकत र तपस्वी चित्तवृत्ति चाहिन्छ। आफ्नो राजनीतिक भविष्य मतपेटिकामा प्रश्नबाचक बनेर बसेको अवस्थामा पनि यस्तो उदाहरण प्रचलित राजनीतिकर्मीले प्रस्तुत गर्न सक्दैनन्। यसरी नरेन्द्र मोदीले देखाएको चलनचल्तीका राजनीतिज्ञको भन्दा बिल्कुलै फरक जीवनशैली, आध्यात्मिक चिन्तन र हिन्दु धर्ममा विश्वासले ताजा जनादेश पाएको हुनाले अब भारतमा हिन्दु राष्ट्रवादको युग सुरु हुने सम्भावना बलियो भएको छ। उज्बेकिस्तानबाट आएका बाबरद्वारा स्थापित मुसलमानी शासन र युरोपबाट आएको ब्रिटिश साम्राज्यवादबाट शताब्दीसम्म शासित भारतको राजनीतिले हिन्दूत्वबाट आफ्नो मौलिक परिचय पुनस्र्थापित गर्ने निर्णय यो चुनाव परिणामबाट गरेको छ। पूर्ण बहुमतको हैसियतसँगै सत्तामा फर्किएपछि भाजपाद्वारा परिभाषित हिन्दु राष्ट्रवादले राजनीतिक हैसियत हासिल गरेको छ। यसरी सुरु भएको भारतको परिचयलाई हिन्दु धर्म र संस्कृतिको आधारमा पुनर्भाषित गर्ने प्रक्रियाले ८१ प्रतिशत जनता हिन्दु भए पनि पश्चिमी सामरिक सोचको खटनमा अकस्मात धर्मनिरिपक्ष बनाइएको नेपालमा के प्रभाव पार्छ भन्ने कुरा विचारणीय छ।
 

भारतीय ससद्को गणितमा सर्वाधिक हैसियत राख्ने, नेपालको छिमेकी राज्य उत्तर प्रदेशमा विगत दुई वर्षदेखि शासन गरिरहेको भाजपालाई चुनौती दिन सधैं एकअर्काका ‘राजनीतिक शत्रु’ रहेका समाजवादी र बहुजन समाज पार्र्टीहरु महागठबन्धन बनाएर एक भएका थिए। तर योगी राजनीतिज्ञ आदित्य नाथको सम्मोहन शक्ति भएको नेतृत्व र विगत वर्षको सुशासनले यो अप्राकृतिक गठबन्धनलाई निरर्थक साबित ग¥यो। प्रधानमन्त्री नरेन्द्र मोदीपछि सर्वाधिक प्रभावशाली दुई नेताहरु भाजपा अध्यक्ष अमित शाह र हिन्दु जागरणको प्रतिकस्वरुपका योगी आदित्यनाथ हुन्। ‘हिन्दु धर्ममा विश्वास र जनताको आर्थिक विकासमा समर्पित’ आदित्यनाथ गोरखपुरस्थित गोरखनाथ मठका प्रमुख हुन्। एक्काइस वर्षको उमेरमा घरपरिवार त्यागेका गणितका स्नातक आदित्यनाथको नेपालसँग आध्यात्मिक र भावनात्मक सम्बन्ध छ।

धेरै वर्षदेखि नेपालले भारतसँगको सम्बन्धलाई व्यक्तिगत आग्रह वा पूर्वाग्रह, भावनात्मक उत्तेजना अथवा आन्तरिक राजनीतिको तत्कालिक रापबाट सञ्चालन गरेको छ। सामरिक भूस्थापनलाई राष्ट्रियहितमा उपयोग गर्न नसकेको मात्र हैन, भौगोलिक व्यवस्थाको वजन र मर्मलाई उपेक्षा गर्ने गल्ती पनि नेपालबाट भएको छ। उच्चस्तरीय नेतृत्व तहमा अविश्वास घटाउनुको सट्टा बढाउने र फैलाउने त्रुटि पनि भएका छन्। वैदेशिक मामिलामा छाडा मुख दुखदायी हुन्छ भन्ने ज्ञान जति हन्डर खाए पनि नेपाली नेतृत्वमा पलाएको छैन। पाँच वर्षअघि नरेन्द्र मोदीको शपथग्रहणमा सहभागी हुँदा र पहिलो नेपाल भ्रमण हुँदा आएको अवसर खेर गएकै हो। दुई देशबीचको सम्बन्धमा विश्वासको अभाव कम गर्ने सट्टा अनपत्यार बढेपछि दुर्घटनासमेत भएको थियो।

यसपटकको चुनाव परिणामले भारतीय राजनीति र शासकीय ढाँचामा आउने गुणात्मक परिवर्तनलाई बुझ्न, नेपालको सम्बेदनशिलता नया“ दिल्लीलाई बुझाउन, नेपालमा भारतको विशुद्ध हित सुरक्षित रहने पत्यार पार्न नेपालको राजनीतिक नेतृत्व सक्षम साबित हुनुपर्छ। परिवर्तित परिस्थितिलाई नेपालको राष्ट्रिय स्वार्थबाट सम्बोधन गर्न पछि पर्नुहुन्न। परराष्ट्र मामिलामा विशेषगरी छिमेकीहरुको स्वभाव र प्राथमिकतासँग समायोजन वा पुनर्समायोजन गर्न अग्रसर हुने सीप देखाउन सानो देश कहिल्यै पनि चुक्नुहुन्न। विगतका कमजोरी र त्रुटि सच्याएर भारतसँगको सम्बन्धमा विश्वासको पुनस्र्थापना नेपालको प्राथमिकता हुनुपर्छ। (पाण्डे पूर्वपरराष्ट्र मन्त्री हुन्)

प्रकाशित: १० जेष्ठ २०७६ ०३:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App