५ वैशाख २०८१ बुधबार
राजनीति

कार्यकर्ता जस्तै नेता इमान्दार बन्ने अपेक्षा

बुटवल - जागरण अभियान लिएर कांग्रेस गाँउ पसेको दुई साता भएको छ। अभियानले कार्यकर्तालाई नेतासँग जोड्ने जनअपेक्षा छ। सोही अपेक्षाअनुरूप प्रदेश ५ का १२ वटै जिल्लामा भ्रातृ संगठनको भेला, कार्यकर्ता प्रशिक्षण तथा भेटघाट र पार्टीबाट निर्वाचित पालिकाका प्रमुख, सांसदसँग कार्यक्रम गरिएको पार्टीले बताएको छ।

लामो समयपछि कांग्रेसले गाँउ केन्द्रित कार्यक्रम ल्याएको र ती कार्यक्रममा कार्यकर्तालाई सुझाव राख्ने मौका दिइएकाले स्थानीय नेता कार्यकर्ताको सहभागिता उलेख्य देखिएको छ। रुपन्देही कांग्रेसका उपसभापति फणिन्द्र शर्माले जिल्लाका सबै स्थानीय तह र वडामा भइरहेका छलफल तथा प्रशिक्षण कार्यक्रममा कार्यकर्ताको उत्साहपूर्ण सहभागिता रहेको बताए। पार्टीभित्रको गुट केन्द्रित राजनीतिले तल्लो तहलाई समेत ध्वस्त बनाएको भन्दै कार्यकर्ताले नेताबीचको एकता र जागरण आवश्यक रहेको सुझाव दिएका छन्। ‘हामी कार्यकर्ता पनि इमान्दार बनांै र नेता पनि इमान्दारीपूर्वक एक हुनुहोस् भन्ने हाम्रो चाहाना हो’ रुपन्देहीको सैनामैनाका तेजु अधिकारीले भने। व्यक्ति केन्द्रित रानजीति छोडेर पार्टी केन्द्रित राजनीति गर्न कार्यकर्ताले पार्टी नेतृत्वलाई सुझाव दिएका हुन्।

निर्वाचन लगत्तै सुरु गर्नु पर्ने कार्यक्रम ढिलो सुरु गरीएको भन्दै अभियानले कांगे्रसलाई बलियो बनाउने आशा पलाएको स्थानीय नेता तथा कार्यकर्ताले बताएका छन्। पार्टी बलियो बनाउन नेविसंघ र तरुण दललाइ सक्रिय बनाउनुपर्ने सुझाव प्रदेशका बाह्रवटै जिल्लाका कार्यकर्ताले दिएको विभिन्न जिल्लामा खटिएका नेताहरूले बताएका छन्। कपिलबस्तुका कार्यकर्ताले स्थानीय सरकार आएको डेढ वर्षसम्म पनि गााँउघरमाा बाटो, खानेपानी, सिँचाइ मलको अभाव जस्ताको तस्तै भएको भन्दै जनजीविकाका विषयमा सरकारलाई दबाब दिन जागरण अभियानमार्फत पार्टीलाइ सुझाव दिएका छन्। ‘सरकारका बेथितिविरुद्ध संघीय संसद र प्रदेशसभामा सशक्त आवाज उठाउनुपर्छ,’ कपिलबस्तुको तौलिहवाका प्रकाश घिमिरेले भने।

अभियानका कपिलवस्तु संयोजक पार्टीका केन्द्रीय सदस्य चन्द्र भण्डारीले आम कार्यकर्ताबाट महŒवपूर्ण सुझाव आएको भन्दै यो अभियानले पार्टीलाई शसक्त र एक ढिक्का बनाउने बताए। अभियानका रुपन्देही संयोजक नेता डिल्ली चौधरीले दुईतिहाइको सरकारले गरेका भ्रष्टाचार र बेथितिले जनतामा निराशा छाएको र सरकारविरुद्धको खबरदारीमा कांग्रेसलाई पूर्ण साथ दिने प्रतिबद्धता कार्यकर्ताले गरेको बताए। रोल्पा,प्युठान, पाल्पा,गुल्मी, बर्दिया, नवलपरासीको जागरण अभियानमा सहभागीले पनि जनप्रतिनिधिले विकासमा राजनीतिक गरेको गुनासो गर्दै सदनदेखि सडकसम्म प्रतिपक्षको भूमिकालाई अझ सशक्त बनाउनुपर्ने सुझाव दिएका छन्।

प्रकाशित: १० जेष्ठ २०७६ ०२:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App