८ वैशाख २०८१ शनिबार
राजनीति

बहुमत जितपछि मोदीले भनेः जनताले म फकिरलाई घर दिए

फाइल तस्बिर

काठमाडौं– भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यसपटकको लोकसभा निर्वाचनको परिणाम लोकतान्त्रिक विश्वको इतिहासमा सबैभन्दा ठूलो घटना भएको बताएका छन्। 

चुनावको परिणामपछि भारतीय जनता पार्टीको मुख्यालयमा आयोजित समारोहलाई सम्बोधन गर्दै मोदीले भाजपाको जित हिन्दूस्तान, लोकतन्त्र, जनता जनार्दनको विजय भएको टिप्पणी गरे।

उनले आफ्नो पार्टीको जितलाई ‘कोटी कोटी नागरिकले म फकिरलाई घर दिएको, फकिरकाे झाेला भरिदिनुभयाे’ भनी टिप्पणी गर्दै सर झुकाएर नमन गरे। मोदीले जनता र आधुनिक भारतका लागि कडा मेहनत गर्ने प्रतिबद्धता पनि जनाए।

भारतको उज्जल भविष्यका लागि काँधमा काँध मिलाएर काम गर्ने प्रतिबद्धता जनाएका मोदीले विभिन्न राज्यहरुको विकास यात्रामा केन्द्र सरकार काँधमा काँध मिलाएर जाने भनाई राखे। 

काम गर्दा गल्ती हुने भन्दै उनले आउने दिनमा बदनामी र बदनियतवाला कुनै काम नगर्ने बताए। ‘म आफ्नो लागि केही गर्ने छैन्। देशवासीको भरोसा टुट्न दिने छैन्। मेरो समयको पल पल, शरीरको कण कण मात्र देशवासीका लागि हो’, उनले भने।  

प्रकाशित: ९ जेष्ठ २०७६ १४:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App