coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

मोदीलाई देउवाले दिए बधाई, मित्रता थप सुदृढ हुने विश्वास

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहलाई बधाई दिएका छन्। 

देउवाले लोकसभा निर्वाचनमा भाजपाले ठूलो सफलता हासिल गरेकोमा मोदी र शाहलाई छुट्टाछुट्टै पत्र पठाई पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट बधाई तथा शुभकामना दिएका हुन्। 

पत्रमा देउवाले नेपाल र भारतबीच सदियौँ देखि कायम रहेको पुरानो सम्बन्ध र मित्रता आगामी दिनमा थप सुदृढ र सार्थक हुँदै जानुका साथै दुबै पार्टी बीचको सम्बन्ध र सहकार्य अझ बलियोे हुने विश्वास समेत व्यक्त गरेका छन्। 

प्रकाशित: ९ जेष्ठ २०७६ १४:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App