२९ असार २०७७ सोमबार
राजनीति

कांग्रेसलाई सिद्धान्तको राजनीतिमा ल्याउन प्रयासरत छुः पौडेल

कञ्चनपुर– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सङ्घीयताको सवालमा सरकारले लापरवाही गरिरहेको आरोप लगाएका छन्। भीमदत्तनगरमा बिहीबार आयोजित कार्यक्रममा उनले भने ‘सरकारमा केन्द्रीकरणको प्रवृत्ति देखापरेको छ। शासकहरु केन्द्रीकृत मानसिकतामा देखिएकाले सङ्घीयतामा आँच आउने स्थिति आएको हो।’ आफ्नो पार्टीलाई जात, क्षेत्र भूगोलको आधारमा नभई सिद्धान्तको राजनीतिमा ल्याउन आफू प्रयासरत रहेको उनको भनाइ थियो।

सोही कार्यक्रममा नेता पौडेलले एघार महीनाअघि कञ्चनपुरको भीमदत्तनगरपालिका–२ का १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउन सरकारले सोही ठाउँबाट अनुसन्धान गर्न माग गरे। ‘हत्यारा पत्ता नलाग्नु गम्भीर विषय हो’ उनले भने ‘अपराधी जोसुकै भए पनि कठघरामा उभ्याउनुपर्छ।’ नेता पौडेलले बिहीबार बिहानै हत्या गरिएकी बालिका पन्तको घर पुगेर उनकी आमा दुर्गादेवीसँग भेट गरे। रासस

प्रकाशित: ९ जेष्ठ २०७६ १५:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App