८ वैशाख २०८१ शनिबार
राजनीति

पोलिटब्युरो टुग्यांउन दुई अध्यक्षबीच दिनदिनै छलफल

फाइल तस्बिर

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को पोलिटब्युरो गठन तथा केन्द्रीय सदस्यको कार्य विभाजनलाई लिएर दुई अध्यक्षबीच बालुवाटारमा छलफल भैरहेको छ। प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहालबीच पोलिटब्युरो गठन तथा कार्य विभाजनबारे छलफल दिनदिनै छलफल हुन थालेको हो।

पार्टी एकता करिब टुंगिन लाग्दा केन्द्रीय सदस्यबाट पोलिटब्युरो गठन र कार्य विभाजन भने भएको छैन। पूर्वएमालेबाट ८१ जना र पूर्वमाओवादीबाट ६६ जना गरी १ सय ४७ जनाको पोलिटब्युरो गठन गर्नुपर्नेमा पूर्वमाओवादीमा कसलाई पठाउने भन्ने विषयमा विवाद भएपछि रोकिएको थियो।

अहिले पनि बालुवाटारमा दुई अध्यक्षबीच सो विषयमा छलफल हुने गरेको छ। बुधबार मात्रै बालुवाटारमा दुई अध्यक्ष ओली र दाहालबीच छलफल भएको थियो। तीन घण्टासम्म दुई अध्यक्षले केन्द्रीय सदस्यहरूको कार्य विभाजन र पोलिटब्युरो गठन तथा आगामी बजेटका विषयमा पनि छलफल गरेको बालुवाटार निकट स्रोतले जनायो।

ओली–दाहालबीच मंगलबार पनि भेट भएको थियो। सरकारका काम कारबाहीबारे पनि दुई अध्यक्षबीच कुरा हुने गरेको छ। नेकपामा पोलिटब्युरो गठन भएको छैन भने केन्द्रीय सदस्य तथा कतिपय स्थायी कमिटी सदस्यहरूले पनि जिम्मेवारी पाएका छैनन्। साथै विधानमा व्यवस्था भएबमोजिम गठन हुने विभाग गठन भएका छैनन् र तिनीहरूको जिम्मेवारी पनि तोकिएको छैन।

प्रकाशित: ९ जेष्ठ २०७६ ०१:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App