१६ चैत्र २०८० शुक्रबार
राजनीति

राष्ट्रपतिद्वारा राहदानी विधेयक प्रमाणीकरण गर्न अस्वीकार, संसदमा फिर्ता पठाइन्

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले राहदानी विधेयकलाई प्रतिनिधि सभामा फिर्ता पठाएकी छिन्। सभामुख कृष्णबहादुर महराले संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरणका लागि पठाएको राहदानी सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई राष्ट्रपति भण्डारीले बुधबार प्रतिनिधिसभामा फिर्ता पठाएकी हुन्। 

राष्ट्रपति कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीका अनुसार संविधानको धारा ११३ को उपधारा (३) बमोजिम पुनर्विचार गर्न भन्दै भण्डारीले विधेयक फिर्ता पठाएकी हुन्। 

राहदानी विधेयकलाई राष्ट्रिय सभामा पेश नगरी राष्ट्रपतिकहाँ सिधै प्रमाणीकरणका लागि पठाएपछि विरोध भएको थियो। मंगलबार मात्रै राष्ट्रपति भण्डारीले राष्ट्रिय सभा सदस्य रामनारायण विडारी र राधेश्याम अधिकारीलाई शीतलनिवास बोलाएर विधेयकबारे राय लिएकी थिइन्। 

प्रकाशित: ८ जेष्ठ २०७६ १२:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App