coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

अमेरिकी राजदूतको 'गफगाफ' बारे परराष्ट्रको आपत्ति

काठमाडौं- अमेरिकी राजदूत रेन्डि वेरीले सामाजिक सञ्जालमा गर्न लागेको अन्तर्क्रियाबारे विभिन्न प्रतिक्रियाहरु आएका छन्।

उनले एक भिडियो सन्देस सहित नेपाली नागरिक र समाजसँग प्रत्यक्ष संवाद गर्न लागेको भन्दै योजना सार्वजनिक गरे थिए। वेरीले सोमबार मात्र फेसवुक र ट्वीटरमा  'राजदूतसँग गफगाफ' गर्न लागेको भन्दै भिडियो पोष्ट गरेका छन्। यो नेपाली स्थित अमेरिकी दूतावासको सामाजिक सञ्जालका ४० लाख फलोवर्ससँग साप्ताहिकरुपमा गरिने 'गफगाफ' भएको दूतावासले जनाएको छ।

दूतावासले सामाजिक सञ्जालमा पोष्ट गरेको भिडियोबारे विभिन्न प्रतिक्रियाहरु आएका छन्। केहीले यसलाई गैर कूटनीतिक भनेका छन् भने केहीले 'जनस्तरको कूटनीति' समेत भनेर अर्थ्याएका छन्।

परराष्ट्र सचिव शंकर वैरागीले दूतावासको कार्यक्रमबारे मन्त्रालयको ध्यानाकर्षण भएको बताएका छन्। राजदूतहरुले सम्वन्धित सरकारको अनुमति विना यस्ता कार्यक्रम गर्ने अभ्यास नभएको उनले बताए।

वरिष्ठ पत्रकार कनकमणी दिक्षितले 'यो अन्तर्क्रिया मानवअधिकार, राजनीति र भूराजनीतिबाट टाढा रहन्छ होला' भन्दै ट्वीटरमा वेरिलाई रिप्लाई गरेका छन्।

हिमाल साप्ताहिकका सम्पादक किरण नेपाल ट्वीटरमा लेख्छन्, 'विल्कुलै गलत अभ्यास। अमेरिकी राजदूतले नेपाली जनतासँग 'चिटच्याट' गर्न चाहे झैं चीनिया राजदूतले 'सियानलियाओ', भारतीय राजदूतले 'बातचित' गर्न थाले के होला?'

पूर्व शिष्टाचार माहापाल गोपाल थापाले राजदूतको यस्तो अभ्यास भियाना महासन्धी विपरित हुने प्रतिक्रिया दिएका छन्। अर्का पूर्व शिष्टाचार माहापाल रामभक्त ठाकुरले फेसवकुमा भनेका छन्, 'अमेरिकी राजदूतलाई यस्तो नगर्न सल्लाह दिनु पर्छ। यो अवाञ्छनिय र गैरकुटनीतिक हुन्छ।'

अमेरिकी राजदूतावासकी प्रवक्ता एन्डी डे अरमेन्ट यो जनस्तरको कुटनीति भएको र राजदूतले प्रश्नको उत्तर र सूचना दिने बताएकी छन्। युवाहरुलाई लक्षित गरेको यस्तो कार्यक्रम ल्याइएको जनाइएको छ।

 

प्रकाशित: ८ जेष्ठ २०७६ ०७:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App