१५ चैत्र २०८० बिहीबार
राजनीति

विप्लवका कार्यकर्ता र प्रहरीबीच भोजपुरमा गोली हानाहान

भोजपुर - भोजपुरमा विप्लव नेकपाका कार्यकर्ता र प्रहरीबीच गोली हानाहान भएको छ। भोजपुर र खोटाङको सीमानामा पर्ने मैयुम क्षेत्रको धोद्रे भन्ने ठाउँमा भिडन्त भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्सपेक्टर पाण्डव राजवंसिले बताए।

 सुराकीको आधारमा खोजि गर्दै पुगेको भोजपुर जिल्ला र प्रदेश नम्बर १ बाट खटिएको प्रहरी टोली माथि विप्लवका कार्यकर्ताले गोली चलाउन खोजे पछि जवाफि फायरमा एक जना विप्लव कार्यकर्ता घाइते भएको प्रहरीले जनाएको छ। गोली प्रहारबाट षडानन्द नगरपालिका २ कुदाक काउलेका तिर्थराज घिमिरे गम्भिर घाइते भएका छन्। खुट्टामा गोली लागेका उनलाई उपचारको लागि धरान रेफर गरिएको छ।

प्रहरीले घटनास्थलबाट एक थान पेस्तोल, पाँच राउन्ड गोली, एक थान वाइनाकुलर र चार थान डेटोनटर बरामद गरेको इन्सपेक्टर राजवंसीले बताए। धोद्रेमा गोलीचलेको आवाज सुनेको स्थानीयवासिले बताएका छन्।

प्रकाशित: ७ जेष्ठ २०७६ १२:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App