१६ चैत्र २०८० शुक्रबार
राजनीति

ओलीलाई अमरेशको प्रश्नः सरकारको समृद्धि माफियाका लागि हो कि बिचौलियाको?

काठमाडौं– नेपाली कांग्रेसका नेता अमरेशकुमार सिंहले केपीशर्मा ओली नेतृत्वको सरकार बिचौलिया र माफियाको कब्जामा फसेको आरोप लगाएका छन्। 

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै सिंहले सरकारको नारा समृद्ध नेपाल, सुखी नेपाली भए पनि बिचौलिया र माफियाको पकडमा परेको टिप्पणी गरे। ‘सरकारको नारा छ कि समृद्धि र सुशासन। कसको समृद्धि, बिचौलियाको कि दलालको? कि माफियाको?’ उनले प्रश्न गरे, ‘सरकारले यसमा प्रस्ट गरिदिएन्।’

उनले तराईका उखु किसानले भुक्तानी नपाएको प्रसंग उठाउँदै भने, ‘किसान चिनी मिललाई उखु बेच्छ। सरकारको मिलेमतोमा उद्योगीले भुक्तानी गर्दैनन्। सर्लाहीका तीन वटा चिनी मिलले किसानको गत बर्षको पैसा पनि भुक्तानी गरेको छैन। अहिलेको पनि गरेको छैन। चिनी सबै बिक्री भैसकेको छ। तर यसमा कुन मन्त्रालयको मिलेमतो छ, अर्थको छ कि उद्योगको अथवा गृहको छ? सरकारले स्पष्ट पार्नुपर्छ।’ 

बिचौलिया मोटाउने, उद्योगी मोटाउने, गरिबीले किसान डुबाउने सरकारको नीतिले किसान को समृद्धि नआउने भन्दै सिंहले सरकारले किसानको भुक्तानी दिनुपर्ने धारणा राखे।

प्रकाशित: ६ जेष्ठ २०७६ ०८:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App