१६ चैत्र २०८० शुक्रबार
राजनीति

दाहालले भने : संघीयता विरोधी सक्रिय भए

ललितपुर - नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्प कमल दाहालले  सिंहदरबारको अधिकार जनताकै घरदैलोमा ल्याउने योजना अन्तर्गत तीन तहको सरकार बनेको बताएका छन्।

ललितपुर महानगरपालिका वडा नं. २६ को नवनिर्मित भवनको उद्घाटन गर्दै दाहालले घुमाउरो पारामा ललितपुरसँग आफ्नो भावानात्मक सम्बन्ध रहेको बताउँदै भने-'हिजो बिद्रोहको तयारी पनि मैले ललितपुर जिल्लामा नै बसेर गरे, शान्ति प्रक्रियापछि पनि ललितपुर मै भए र अहिले निर्वाचनपछि म तपाईहरुकै बीचमा रहने ढंगले आएको छु।' 

दाहालले अर्को निर्वाचनको लागि ललितपुरमा स्थान बनाउने गरी आफ्नो मनतव्य राखेका थिए।

ललितपुरको समृद्दि र विकास आफ्नो पनि चाहाना रहेको भन्दै उनले यसका लागि प्रधानमन्त्री सहतिको जनप्रतिनिधिहरुको बैठक राख्न आफुले पहल गर्ने बताए। ‘फाष्ट ट्याक र ललितपुरको विकासका लागि प्रधानमन्त्री सहतिको वैठक राख्न म पहल गर्छु, अध्यक्ष उनले भने , ‘ललितपुर जिल्लाको समृद्धि र यहाँको जनताको हितको निम्ति निरन्तर सहयोग गर्ने आश्वासन दिन्छु ।’

पहिलो संविधान सभा निर्वाचनमा काठमाडौं क्षेत्र न. १० र रोल्पा क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका दाहाल दुवै क्षेत्रमा बिजयी भएका थिए।दोस्रो संविधान सभा निर्वाचनमा पनि दुई स्थानबाट उम्मेद्वारी दिएका दाहाल एक स्थानमा भने पराजित भएका थिए। दाहाल काठमाडौं क्षेत्र नम्बर १० मा नेपाली कांग्रेसका राजन केसी सँग पराजित हुँदा सिरहा क्षेत्र नम्बर ५ बाट भने बिजयी बनेका थिए। त्यस्तै 

संविधान घोषणापछि सम्पन्न निर्वाचनमा भने दाहाल चितवन क्षेत्र नम्बर ३ बाट विजयी भएका थिए।

दाहालले कार्यक्रममा आफ्ना छिमेकी को गुनासा सुन्न आएको बताउँदै  भने-'म यहीं ललितपुरमै बसेको छु अहिले, यो वडा कार्यालय भवनको उद्घाटन पनि तपाईहरुका कुरा सुन्ने र तपाईहरुसँग नजिक हुने एउटा अवसर हो।' 

अध्यक्ष दाहालले वडा कार्यालयले दिने सेवा सुविधा सहज ढंगमा दिने विश्वास लिएको बताए। सिंहदरबारको अधिकार गाउँ गाउँमा पुर्याउने मान्यता अनुरुप नै संविधान निर्माण गरिएको र त्यसैका आधारमा तीन तहको सरकार निर्माण गरिएको दाहालको भनाइ  थियो।

'मुलुक संघीयतामा गए पनि प्राकृतिक स्रोत साधनको बाँड फाँड तथा बजेटका कारण जनताका अपेक्षा पुरा गर्न सकेका छैनौं तर पार्टी र सरकारको ध्यान जनताका आकांक्षा पुरा गर्न केन्द्रीत छ', दाहालले भने। 

संघीयताले जनताका धेरै सेवा सुविधा र सम्वृद्धिको राम्रो अभियान दिएको उल्लेख गर्दै दाहालले संघीयता नरुचाउने केही तत्व अहिले पनि संघीय शासन प्रणाली असफल पार्न सक्रिय रहेको बताए। 


 

 

प्रकाशित: ५ जेष्ठ २०७६ ०९:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App