coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीले दुनियालाई जिस्काउन मिल्दैन : गगन थापा

जाजरकोट-  नेपाली  काँग्रेसका युवा नेता  गगन थापाले  संसदमा   दर्ता गरेको मिडिया काउन्सील  विधेयक वर्तमान सरकारको प्रेस स्वतन्त्रता विरोधी   हर्कत भएको  आरोप लगाएका छन्।  प्रेसको स्वतन्त्रता विना लोकतन्त्र र हामीले ल्याएको गणतन्त्रको  रक्षा असम्भव भएकोले यसका विरुद्ध सारा पत्रकार, जनता र लोकतन्त्रका पक्षधरहरु  जाग्नु पर्ने नेता थापाले बताए। नेता थापाले उक्त कुरा  काँग्रेसको राष्ट्रिय जागरण  अभियान अन्तर्गत जाजरकोटको  छेडागाड नगरपालिकाको थलह वजारमा  आयोजित आमलाई सम्वोधन गर्ने क्रममा बताएका हुन्।

काँग्रेस नेता थापाले  प्रधानमन्त्री केपी ओलीले दुनियालाई जिस्काउन मिल्ने तर  एउटा नागरिक र पत्रकारले  उहाँको  गलत कामको विरोधमा  लेख्न र बोल्न नपाउने व्यवस्था लोकतान्त्रिक नभएको बताए।  दुई तिहाइको दम्भमा  सरकार निङकुस र अलोकतान्त्रीक हर्कत देखाउन उद्दत रहेको  नेता थापाले  आरोप लगाए। 

नेपाली काँग्रेसका नेता थापाले नेपाली काँग्रेस चुनाव हारेर  कमजोर नभएको बताए। संसदमा काँग्रेसको उपस्थिति र प्रस्तुतीलाइ लिएर काँग्रेसलाइ  कमजोर भन्न नहुने उनको भनाई छ। यस्तै  थापाले  जनताको प्रतिनिधिको रुपमा रहेकी राष्ट्रपति विद्यादेवी भन्डारीका केहि  कामहरुले  गणतन्त्र प्रति नै जनताले नकरात्मक  धारणा वनाउन  थालेको वताए। शीतल निवासवाट राष्ट्रपति वाहिर निस्कदा  सडकमा जनताको भागाभाग हुनुले  गणतान्त्रीक शासन व्यवस्था प्रति नै जनतामा आक्रोस पैदा गराउन थालेको उनको भनाई छ।

प्रकाशित: २ जेष्ठ २०७६ ०४:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App