८ वैशाख २०८१ शनिबार
राजनीति

गृहमन्त्री थापा र अमेरिकी उपसहायकमन्त्रीबीच भेट

काठमाडौँ- गृहमन्त्री रामबहादुर थापा  र अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्य एशिया मामिलाका कार्यवहाक उपसहायक मन्त्री डेभिड जे रेन्जबीच आज भेटवार्ता भएको छ।

गृहमन्त्रालयमा भएको सो भेटवार्तामा नेपाल–अमेरीका सम्बन्ध, आपसी सहयोग र सहकार्यका क्षेत्रमा केन्द्रित रहेर छलफल भएको थियो।

भेटमा गृहमन्त्री थापाले नेपालको विकास, विपद् व्यवस्थापन तथा सुरक्षा निकायको तालीम र भौतिक संरचना निर्माण लगायतका क्षेत्रमा अमेरिकाले गरिरहेको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि सहयोगले निरन्तरता पाउने आशा व्यक्त गरे।

उनले केही महिना अघि नेपालका परराष्ट्रमन्त्रीको अमेरिका भ्रमण र सो क्रममा भएका सहमतिले नेपाल र अमेरिका सम्बन्धलाई थप उचाईमा पुर्‍याउन भूमिका खेलेको चर्चा गरे।

गृहमन्त्री थापाले नेपालक राजनीतिक स्थिरतासँगै अब तिव्र आर्थिक विकासको चरणमा प्रवेश गरेको जानकारी दिँदै यसमा अमेरिकी सरकार र जनताको सहयोगका लागि उपसहायक मन्त्री रेन्जसँग आग्रह गरे।

अमेरिकाले ‘मिलिनियम च्यालेन्ज कोपरेशन’ मार्फत नेपाललाई प्रदान गरेको आर्थिक सहयोगले नेपालको आर्थिक विकास तथा विद्युतिकरणका लागि महत्वपुर्ण हुने गृहमन्त्रीको भनाई छ।

भेटमा उपसहायकमन्त्री रेन्जले नेपाल र अमेरीकाको सम्बन्धको चर्चा गर्दै यो सम्बन्धलाई थप उचाईमा लैजान आवश्यक रहेको बताए।

उनले नेपालको पूर्वाधार, शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन, मानववेचविखन लगायतका क्षेत्रमा अमेरिकाले सहयोग गरीरहेको बताउँदै दिँदै त्यो सहयोग निरन्तर रहने प्रतिवद्धता व्यक्त गरे।

उपसहायक मन्त्री  रेन्जले अमेरिकी स्वयम्सेवी समुह ‘पिस कर्पस’को प्रवेशाज्ञाको समयावधि थप तथा नेपालको अध्यागमन प्रणालीको स्तरोन्नतीका लागि सहयोग लगायतका विषयमा समेत गृहमन्त्री थापासँग कुरा राखेका थिए।

प्रकाशित: १ जेष्ठ २०७६ ०६:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App