१६ चैत्र २०८० शुक्रबार
राजनीति

सरकारले चिठीका भरमा नागरिकता वितरण गर्नु गम्भीर होः नेता आचार्य

इटहरी– नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले सरकारका गृहमन्त्रीले चिठी काटेर नागरिकता वितरण गरेको विषय गम्भीर भएको बताएका छन्।

‘नागरिकता जस्तो संवेदनशील विषय कानुनी रुपमा हल गर्नुपर्नेमा चिठीको भरमा वितरण गरिएकाले यसले देशमा संकटको वातावरण सिर्जना गर्नेछ,’ केन्द्रीय सदस्य आचार्यले नेपाली कांग्रेसले थालेको जागरण अभियानको बुधबार सुनसरी देवानगञ्जमा उद्घाटन गर्दै भने।  उनले समृद्ध मुलुक निर्माण गर्ने भन्दै भ्रष्टाचारलाई प्रश्रय दिने काममा सरकार लागेको बताए।

‘वाइडबडी प्रकरण, निर्मला पन्त हत्या प्रकरण, बालुवाटार प्रकरणलगायत धेरै प्रकरणमा प्रधानमन्त्री आफैं बचाउमा लागेको भ्रष्टाचार र अत्याचारको बचाउमा सरकार लागेको छ,’ उनले भने। कांग्रेसले देशैभरका ७७ वटै जिल्लामा बुधबारदेखि जागरण अभियान थालेको हो।

सो क्रममा नेता सीताराम मेहताले संसद्मा कांग्रेसको उपस्थिति कमजोर भए पनि कांग्रेसको अजेन्डाको जित भएकोले नेपाली जनताको जित भएको बताए।

प्रदेश नं. १ नेपाली कांग्रेस संसदीय दलका नेता तथा सुनसरी सभापति राजीव कोइरालाले भारतीय हास्यकला कार्यक्रम सञ्चालन गर्ने कपिल शर्मा र नेपालका प्रधानमन्त्री उस्तै भएको टिप्पणी गरे।

प्रकाशित: २६ वैशाख २०७६ ०४:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App