८ वैशाख २०८१ शनिबार
राजनीति

प्रधानमन्त्रीको भियतनाम र कम्बोडिया भ्रमण, पर्यटक भित्र्याउन फलदायी : भट्टराई

काठमाडौं- प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको भियतनाम र कम्बोडियाको भ्रमण सफल र फलदायी हुने बताएका छन्।

भट्टराईले गौतम बुद्धको शान्तिको सन्देश विश्वभर फैल्याउन पनि प्रधानमन्त्री ओलीको सो भ्रमण उपयोगी हुने विश्वास समेत व्यक्त गरे। मंगलबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उनले संक्रमणकाल पार गरेको दुई दशकमै उच्च आर्थिक वृद्धिदर हासिल गर्न सफल भियतनाममा हुने प्रधानमन्त्री ओलीको भ्रमण मुलुकलाई समृद्ध बनाउन थप सहयोगी हुने पनि बताए। प्रधानमन्त्री ओली यही बैशाख २६ गते भियतनाम र कम्बोडियाको  साताव्यापी भ्रमणमा जाँदै छन्।भ्रमणका क्रममा दुई मुलुकबीच व्यापार र लगानीका विषयमा पनि विस्तृत छलफल हुने प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार भट्टराईले बताए।

धानमन्त्री ओलीले भियतनाममा आयोजना हुने बुद्धसम्बन्धि अन्तराष्ट्रिय सम्मेलनलाई मुख्य वक्ताको रुपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार भट्टराईले प्रधानमन्त्रीको सो कार्यक्रममा हुने सम्बोधनले नेपालमा बुद्धिष्ट पर्यटकहरु भित्रयाउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास पनि व्यक्त गरे।

कार्यक्रममा बोल्दै परराष्ट्रबीद् डा. शम्भुराम सिंखडाले प्रधानमन्त्रीको भियतनाम र कम्बोडियाको भ्रमण सांस्कृतिक कूटनीतिलाई बढावा दिन उपयोगी हुने भएपनि त्यसका लागि पर्याप्त तयारी भने नपुगेको बताए।

प्रकाशित: २४ वैशाख २०७६ ०९:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App