१६ चैत्र २०८० शुक्रबार
राजनीति

एनसेलको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं – सरकारले तोकेको कर बढी भएको र सबै नतिर्ने दाबीसहित सर्वोच्च पुगेको दूरसञ्चार कम्पनी एनसेल आजिएटाको मुद्दा सोमवार बहस नसकिएका कारण हेर्दाहेर्दैमा राखिएको छ। न्यायाधीशद्वय सपना मल्ल प्रधान र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले मुद्दा हेर्दाहेर्दैमा राखेको हो।

यही वैशाख ९ मा न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले ठूला करदातालाई कर तोक्नुको कारण सोध्दै सरकारलाई कर नतिर्न अन्तरिम आदेश दिंदै दुवै पक्षलाई छलफलमा बोलाएको थियो। सरकार र एनसेलका पक्षबाट उपस्थित वकिलहरूले बहस गरेका थिए। नायब महान्यायाधीवक्ता विश्वराज कोइराला र नारायणप्रसाद पौडेल, सहन्यायाधिवक्ता संजीवराज रेग्मी र गोपालप्रसाद रिजाल, उपन्यायाधिवक्ता हरिशंकर ज्ञवालीले बहस गरेका थिए।

सरकारको तर्फबाट कोइराला, पौडेल, रेग्मी लगायतले सर्वोच्चको बृहत् पूर्ण इजलासले फैसला गरिसकेको विषय पुनरावलोकनका लागिसमेत मान्य नभएको दाबी गरे। एनसेलले तथ्य ढाँटेर, सफा हात नलिएर अदालत प्रवेश गरेकाले अन्तरिम आदेश जारी हुन नहुने दाबी गरे। ६० अर्बभन्दा बढी रकम एनसेलले तिर्नुपर्ने सर्वोच्चको पूर्ण इजलासले बोलिसकेकाले एनसेलले तिर्नुको विकल्प नभएको बहसको क्रममा नायब महान्यायाधीवक्ता कोइरालले दाबी गरे।

त्यसैगरी, एनसेलनको तर्फबाट वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, शम्भु थापा, अधिवक्ता मदन डंगोलले बहस गरेका थिए। बहसको क्रममा जरिबाना, विलम्ब शुल्क एनसेलले तिर्न नपर्ने वरिष्ठ अधिवक्ता कार्कीले दाबी गरे। कानुन स्पष्ट नहुँदा र एनसेलले दायित्व लिनुअघिको रकम तिर्न नपर्ने उनको दाबी थियो। सर्वोच्चको बृहत पूर्ण इजलासले टुंगाइसकेको एनसेलको लाभकरसम्बन्धी मुद्दामा अल्पकालीन अन्तरिम आदेश आएपछि फेरि एकपटक बहस सुरु भएको हो। एनसेलले

१४ अर्बभन्दा बढी लाभकर नतिर्ने दाबीसहित सर्वोच्च पुगेको हो। सर्वोच्चको बृहत् पूर्ण इजलासले एनसेल आजिएटालाई तीन महिनाभित्र पूँजीगत लाभकर तिर्न र ठूला करदाता कार्यालयलाई कर तोक्न परमादेशको आदेश जारी गरेको थियो। ठूला करदाताता कार्यालयले एनसेलको स्वामित्व बिक्रीमा तिर्नुपर्ने कर, शुल्क र ब्याजसहित थप ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८१५ रुपैयाँ दाखिला गर्न ७ दिनको समयावधि तोकेको थियो।

प्रकाशित: २४ वैशाख २०७६ ०१:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App