५ वैशाख २०८१ बुधबार
राजनीति

कांग्रेस - कम्युनिस्ट पुराना घर हुन्, जति बेला पनि लड्न सक्छन् : डा. भट्टराई

काठमाडौं- समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टीलाई पुरानो घरको संज्ञा दिएका छन्। पार्टी एकता घोषणासभामा बोल्दै अध्यक्ष भट्टराईले कांग्रेस र कम्युनिस्ट पुराना भएकाले जतिबेला पनि गर्ल्यामगुर्लुम ढल्न सक्ने दाबी गरे।

'कम्युनिस्टले केही गर्न सक्दैनन्। कम्युनिस्ट भ्रष्टाचारमा लिप्त भइसके त्यहाँ रहेका राम्रा साथीहरू आउनुस् हामी वैकल्पिक शक्ति बन्छौँ', उनले भने, 'कांग्रेस थारो गाई भइसक्यो घाँस हालेर दूध आउँदैन।' डा.भट्टराईले देशलाई कंकाल बनाउनेहरूले देशको विकास गर्न नसक्ने दाबी गगरे उनले आफूहरू सुशासन र पारदर्शितामा 'कम्प्रमाईज' नगरी देशको वैकल्पिक शक्ति बन्ने दाबी गरे। ' हिमाल पहाड तराई मधेसलाई हाम्रो पार्टीले जोड्छ', उनले भने, ' अब तराइमा आन्दोलन उठ्यो भने पहाडले पनि साथ दिन्छ। पहाडमा उठेको आन्दोलनलाई हिमाल र तराईले पनि सहयोग गर्छ।'

एकीकृत पार्टीका अध्यक्ष भट्टराईले देशमा अन्दोलनको आँधीबेहरी आउन सक्ने दाबी गरे। 'अब एकल जातीय राज्यसत्ताले हाम्रा मागबारे सुनेन भने जितसुकै बेला आन्दोलनको आँधीबेहरी अउनसक्छ। हाम्रो माग संविधान संशोधनको हो। एउटा पार्टी सरकारमा छ र अब केहुन्छ भन्ने साथीहरुलाई शंका छ। हामीले सहमति गरिसकेका छौं, जनताको अधिकार छोड्ने वाला छैनौं’, डा. भट्टराईले भने, 'हामी सडक, सदन र सरकारलाई आन्दोलनको रूपमा प्रयोग गर्छौँ। तर सरकार भरपर्दो माध्यम भने हैन। यदी आवश्यक परेमा पार्टीमा निर्णय गरेर सरकारबारे जतिबेला पनि निर्णय लिनसक्छौँ।'

उनले अब समाजवादी पार्टीले साँचिकै समावेशी लोकतन्त्रको अध्यास गर्ने बताए। ‘पहिलाको जस्तो पाँच वर्षमा एकपटक भोट हाल्ने लोकतन्त्र हैन। जनताको प्रत्यक्ष सहभागितामा हुने लोकतन्त्रको अभ्यास गर्छौं हामी’, उनले भने, ‘हाम्रो पार्टीमा कार्यकर्तालाई नोकरशाहीको जस्तो व्यवहार हुँदैन। कार्यकर्ता पनि नीति निर्माणको भूमिकामा रहन्छन्।’

एकल जातीय शासकहरूले मधेसी जनतालाई सधैं विभेद गरेको बताए। सीमाको रक्षकका रूपमा रहेको समुदाय राज्यसत्ताको विभेदमा परेको भन्दै त्यसका विरुद्ध लड्नुपर्ने उनको भनाई थियो। ‘मधेसी जनता बर्दीविनाको सिपाही हुन्। तर उनीहरू सधैं राज्यसत्ताको विभेदमा परे। त्यसका विरुद्ध लड्न अब एक हुनुपर्छ’, उनले भने, ‘अब मधेसको मात्रै हैन देशको रक्षा तपाईंहरूले गर्नुपर्छ। विचल्लित हुने अवस्था छैन।’ मधेसी समुदायलाई विभेद गरिरहे विदेशी शक्तिले खेलेर तराईमा द्वन्द्व निम्तन सक्ने डा. भट्टराईको आँकलन थियो।

उनले राष्ट्रियता बिलयो बनाउन संघीयतालाई पूर्ण कार्यान्वयन गर्नुपर्ने बताए। त्यसका लागि प्रदेश सरकारलाई बलियो बनाउनुपर्ने बताए। ‘अहिले संविधानमा भएका अधिकार पनि केन्द्रिकरण गरेर अधिकार खोसिएको छ। अब प्रदेशलाई संविधान संशोधन गरेर भए पनि अधिकार सम्पन्न बनाउनुपर्छ’, उनले भने, ‘प्रदेश सरकार बलियो भनएमा मात्रै राष्ट्रियता बलियो हुन्छ।’

प्रकाशित: २३ वैशाख २०७६ ११:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App