८ वैशाख २०८१ शनिबार
राजनीति

सामाजिक सञ्जालमा 'मेरो सरकार' ले खेप्यो आलोचना

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रमममा 'मेरो सरकार' भन्ने शव्द प्रयोग गरेपछि यसको आलोचना भएको छ।

सामाजिक सञ्जालमा नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले लेखेका छन्, 'म त नेपाल सरकारको (जनताको सरकार) नीति तथा कार्यक्रम सुन्न संसदमा उपस्थित भएको ,यहाँ त राष्ट्रपतिज्यू बाट महामहिम ज्यू को निजी सरकार को कार्यक्रम को पो घोषणा भैरहेको छ। @PM_Nepal ज्यू,नेपाल सरकारको नीति तथा कार्यक्रम सुन्न कहाँ, कहिले आउँ होला?'

राष्ट्रपति भण्डारीले संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दा पटक पटक मेरो सरकार भनेकी थिइन्। राजतन्त्र कालमा राजाले सम्वोधनका क्रममा मेरो सरकार भन्ने शव्द प्रयोग गर्ने गर्थे। गणतन्त्र स्थापना भएपछिका प्रथम राष्ट्रपति रामवरण यादवले पनि आफ्नो सम्वोधनमा नेपाल सरकार प्रयोग गर्ने गर्थे।

तर यसपटक सरकारले तयार पारेको नीति तथा कार्यक्रममा भने मेरो सरकार सम्वोधन गरिएपछि सामाजिक सञ्जालमा चौतर्फी आलोचना भएको छ। लेखक युग पाठकले 'खसोखास सरकार त वहाँकै हो, अरुलाई आफ्नो जस्तो लागे के गर्नु त?', भन्दै ट्ववीट गरेका छन्।

विवेकशील नेपाली दलका नेता मिलन पाण्डेले, 'ऊ बेला 'श्री ५ को सरकार थियो' त्यो भएन भनेर 'नेपाल सरकार' ल्याएको केहि मानिसहरू सत्तामा पुगे अनि 'मेरो सरकार' बनाए नेपाली जनताको बिचल्ली पारे ( यो सानो कुरा होइन, राजनीतिमा attitude र body language ले माने राख्छ। attitude अनि body langugae गलत दिशामा छ )', ट्वीट गरेका छन्।

 

प्रकाशित: २० वैशाख २०७६ १२:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App