७ वैशाख २०८१ शुक्रबार
राजनीति

‘विष्णु पौडेललाई सरकारले क्षतिपूर्ति दिँदैन, उहाँको जग्गा गयो’

काठमाडौं– बालुवाटारस्थित ललिता निवासको जग्गा खरिद गरेर फसेका नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेललाई सरकारले क्षतिपूर्ति नदिने भएको छ।

सुरुमा बालुवाटारमा जग्गा खरिद गरेर महासचिव पौडेल ठगिएको र क्षतिपूर्ति पाउनुपर्ने आशय राख्दा आलोचित भएपछि सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकार प्रवक्ता गोकुल बाँस्कोटाले बिहीबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मीमाँझ पौडेललाई जस्ले ठगेको हो उसैले क्षतिपूर्ति दिनुपर्ने बताए।

मन्त्री बाँस्कोटाले पौडेललाई क्षतिपूर्ति दिनुपर्छ भनेर सरकारले नभनेको दाबी गर्दै भने, ‘यो पूर्वाग्रहको लास्ट नमूना चाँही भयो। मैले कहिल्यै भनेको छैन। उहाँलाई ठगिएको जस्तो लागेको छ भने जस्ले ठगेको हो उसले तिर्छ। सरकारले तिर्दैन। देउवाको हकमा पनि त्यही हो। सूवर्ण सम्शेरको हकमा पनि त्यही हो। उहाँहरुको जग्गा गयो। सरकारले जग्गा लिन्छ। क्षतिपूर्ति दिँदैन। जजस्ले झुक्याएका थिए, धन्दामा संलग्न थिए तिनीहरु पनि बच्दैनन्।’ 

प्रकाशित: १९ वैशाख २०७६ १३:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App