coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

‘विष्णु पौडेलले राजाकै पालामा जग्गा किनेका रहेछन्’

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारस्थित ललिता निवाससँगै जोडिएको आठ आना जग्गा विवादका बिषयमा महासचिव विष्णु पौडेलको बचाउ गरेका छन्। मंगलबार नेकपाको संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले उक्त जग्गा महासचिव पौडेलले पदीय दुरुपयोग नभई राजाको शासनको बेलामा खरिद गरेको बताएका हुन्।

संसदीय बैठकमा सम्बोधन गर्दै ओलीले भने ‘पार्टी र सरकारलाई कमजोर बनाउन महासचिव पौडेलमाथि प्रहार भइरहेको छ। उक्त जग्गा पौडेलले राजाको शासनमा निरंकुशता भएको बेलामा खरिद गर्नु भएको हो।’ अध्यक्ष ओलीले सरकारी जग्गा व्यक्तिको नाममा ल्याउनेहरुको खोजी भइरहेको बताएका छन्। उनले सरकारी जग्गा हडप्नेहरूलाइ कारवाहिको दायरामा ल्याउने बताएका छन्।

हिजो दिउँसो बसेको नेकपाको सचिवालय बैठकमा समेत महासचिव पौडेलको छोरा नविनको नाममा रहेको ललिता निवासको जग्गाले प्रवेश पाएको थियो। महासचिव पौडेलले यसअघि नै २ वटा विज्ञप्ति जारी गर्दै सरकारी जग्गा आफुले नमिचेको बताइसकेका छन्।

प्रकाशित: १७ वैशाख २०७६ ०९:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App