१६ चैत्र २०८० शुक्रबार
राजनीति

दाहालले भने- 'सरकार प्रेसको पक्षमा सकरात्मक छ'

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले अहिलेको सरकार प्रेसको पक्षमा सकरात्मक रहेको बताएका छन्। अाइतबार नेपाल पत्रकार महासंघको केन्द्रीय टोलीसँगको भेटमा अध्यक्ष दाहालले अहिले सरकारमा जेलनेल भोगेका र सबै हन्डर ठक्कर खाएकाहरुकै सरकार भएकोले प्रेसको पक्षमा सरकार सकारात्मक रहको बताएका हुन्। उनले संविधानले प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेको भन्दै अब कानुन बनाउने बेलामा पनि सम्बन्धित सरोकारवालासँग छलफल गरेरै गर्नुपर्ने बताए।

त्यस्तै दाहालले आफु अहिलेको ठाउँसम्म आउनुको श्रेय पत्रकार र प्रेसकै भएको बताए। प्रेसले विगत माओवादी युद्धका क्रममा आफूहरुले उठाएका एजेण्डाहरुलाई जनताका बीचमा पु-याउने काममा सकारात्मक सहयोग गरेकै कारण आफू अहिले शान्ति सम्झौता हुँदै यो अवस्थामा आइपुगेको बताए।

‘हामीले उठाएका मुद्दाहरु जनतासम्म पु-याउने कुरामा पत्रकार महासंघले संस्थागत रुपमा र समग्र प्रेसले भूमिका खेलेको नभए म यहाँ हुने थिइन । यस अर्थमा म अहिले जहाँ छु पत्रकार र प्रेसकै कारण भएको हुँ,’ अध्यक्ष दाहालले भने।

‘हामीले संविधानसभा, गणतन्त्र, समानुपातिक समावेशीता, धर्मनिरपेक्षताको मुद्दा उठाउदा तपाईहरुले साथ दिनुभयो। पत्रकार महासंघले शुरुदेखि हाम्रो एजेण्डा, हामीले उठाएका विषयमा सकारात्मक बनिदियो। पत्रकार महासंघको पदाधिकारीसँगको लगातार हुने गरेको अन्तर्क्रिया र छलफलले पनि हामीलाई राम्रै गरेको थियो’ नेपाल पत्रकार महासंघको टोलीले बुझाएको १६ बुँदे ध्यानाकर्षषपत्र बुझ्दै दाहालले भने।

प्रेस तथा अभिब्यक्ति स्वतन्त्रतामा सरकार र आफनो पार्टी प्रतिवद्द रहेको पनि दाहालले बताए। संविधानले व्यवस्था गरेको प्रेस स्वतन्त्रता कुण्ठित नहुने भन्दै दाहालले प्रेस स्वतन्त्रा कुण्ठिन नहुने गरी कानुन निर्माणमा आफनो भूमिका रहने बताए।

‘पत्रकार महासंघको तर्फबाट तपाईहरुले उठाउनु भएको कुरा जायज छ’ अध्यक्ष दाहालले भने, ‘यो विषयमा पार्टी र सरकारमा छलफल हुन्छ। म पनि प्रधानमन्त्रीलाई यसबारे ध्यानाकर्षण गराउँछु । तपाईहरुका कुरा सरकारसमक्ष पु-याउने र सम्भव हुने जति काम गर्न म पनि पहलकदमी लिन्छु।’

प्रकाशित: १५ वैशाख २०७६ ०९:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App