४ वैशाख २०८१ मंगलबार
राजनीति

शेखरको प्रश्न– सार्वजनिक सम्पत्तिमाथि लुट कहिलेसम्म?

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बालुवाटार र टुँडिखेलको सार्वजनिक जग्गा मिच्ने जतिसुकै शक्तिशाली भए पनि तत्काल कारवाही गर्नुपर्ने माग गरेका छन्।

नेता कोइरालाले एक विज्ञप्ति जारी गर्दै बालुवाटार र टुँडिखेल प्रकरणमा ठूलै नेता संलग्न भएको भए पनि कारवाही गर्नुपर्ने माग गरेका हुन्। 

‘भूमाफिया, व्यापारी, राजनितिज्ञ र सरकारको मिलेमतोमा वालुवाटारको जग्गा व्यक्तिको नाममा गरेको र टुँडिखेलको जग्गा व्यक्तिले भाडामा लगाएको समाचार आयो। मुलुकका लागि यो भन्दा दुर्भाग्य के हुन्छ? सार्वजनिक सम्पत्ति माथीको लुट कहिलेसम्म?’, डा. कोइरालाले विज्ञप्तिमार्फत प्रश्न गरेका छन्। 

उनले राजनीतिकर्मीले केका र कस्का लागि राजनीति गर्ने भन्ने स्पष्ट नभएको बताएका छन्। ‘ यो प्रकरणले जनमानसमा के सन्देश जान्छ? मुलुकका लागि यो भन्दा ठूलो बेइमानी के हुन सक्छ? हामी केका र कस्का लागि राजनीति गर्दैछौं?’, उनको विज्ञप्तिमा उल्लेख छ।

 

प्रकाशित: १४ वैशाख २०७६ ०७:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App