६ चैत्र २०८० मंगलबार
राजनीति

संसद्को बर्खे अधिवेशन १६ वैशाखबाट

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाको बर्खे अधिशेन वैशाख १६ गतेका लागि आह्वान गरेकी छन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले आइतबार संविधानको धारा ९३ (१) बमोजिम दुवै सदनको अधिवेशन आह्वान गरेकी हुन्।

पुस १० गतेदेखि चैत गतेसम्म हिउँदे अविधेशन चलेको थियो। हिउँदे अधिवेशनले संविधानसँग बाझिएका कानुन निर्माण लगाएतका काम गरेको थियो। यस अधिवेशनमा आगामी आर्थिक वर्ष २०७६/०७७ को वार्षिक बजेट प्रस्तुत हुनेछ। त्यसअघि नीति तथा कार्यक्रम प्रस्तुत हुनेछ भने अधिवेशन बसेको केही समयभित्र प्रि–बजेट छलफल हुनेछ। बजेट सार्वजनिक भएपछि बिनियोजन विधेयकमाथि छलफल हुनेछ। असार मसान्तभित्रमा बजेट पारित भएपछि अधिवेशन कानुन निर्माण गर्न लाग्नेछ।

प्रकाशित: ९ वैशाख २०७६ ०१:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App