coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

रिहा भएलगत्तै विप्लवका तीन जिल्ला नेताले पार्टी छाडे

तेह्रथुम– तेह्रथुममा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका तीन जिल्ला सदस्य रिहा भएका छन्। २६ दिनअघि पक्राउ परेका म्याङलुङ नगरपालिका ८ बस्ने जिल्ला सदस्य हेमबहादुर लिम्बुलाई ५ हजार धरौटीमा रिहा गरिएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक नारायण गौतमले बताए। 

यस्तै, फागुन २३ गते मोरङको निवुबाबाट पक्राउ परेका नेकपाका सदस्य दमक २ झापा बस्ने नगेन्द्र लिम्बु र भोजपुर अरुण गाउँपालिका १ बस्ने अम्बर बहादुर मगरलाई पनि आइतबार नै जिल्ला प्रशासन कार्यालयबाट जनही ५÷५ हजार धरौटीमा रिहाई गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेबी हुमागाईले बताइन्। उनका अनुसार लिम्बु र मगरलाई धनकुटामा अभद्र व्यवहारको मुद्दामा धरौटीमा रिहाई भए लगत्तै पुन   तेह्रथुमममा पक्राउ गरिएको थियो। 

रिहा भएलगत्तै जिल्ला सदस्यले गरे पार्टी परित्याग

यसैबीच रिहा भएलगत्तै तीनै जनाले नेकपा परित्यागको घोषणा गरेका छन्। सामान्य किसान र मजदुरी गर्दै आएका म्याङलुङ नपा ८ बस्ने हेमबहादुर, दमक २ झापा बस्ने नगेन्द्र र भोजपुर अरुण गाउँपालिका १ बस्ने अम्बर बहादुरले पत्रकार सम्मेलन गरेर आगामी दिनमा स्वतन्त्र नागरिक भएर बाच्न चाहेको भन्दै पार्टी परित्याग गरेको घोषणा गरेका हुन्।

पत्रकार सम्मेलनमा तिनै जनाले पालैपालो बोल्दै अब सामान्य नागरिक सोसरह भएर बाच्ने इच्छा भएकोले आगामी दिनमा समाजको विकासका लागि साथ सहयोग गरेर समेत अगाडि बढ्ने प्रतिबद्धता जाहेर गरे।

प्रकाशित: ८ वैशाख २०७६ १५:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App