८ वैशाख २०८१ शनिबार
राजनीति

जग्गा कब्जाविरुद्ध विवेकशील

काठमाडौं  – विवेकशील साझा पार्टीले सरकारी जग्गा कब्जासहित भ्रष्टाचारका विरुद्ध आवाज उठाउँदै विरोध प्रदर्शनहरु गरेको छ। उक्त पार्टीले शनिबार खबरदारी कार्यक्रम गरेको हो।

विवेकशीलले प्रदेश नं १ मा बिर्तामोडको मुक्ति चोक र इटहरी बजार, प्रदेश नं २ मा बीरगन्जको घण्टाघर र सिरहाको लहान बजार, प्रदेश नं ३ मा भरतपुरको चौबिसकोठी र काठमाडौँको माइतीघर मण्डला, गण्डकी प्रदेशमा कावासोतीको फलफुल चोक र पोखराको श्रृजना चोक, प्रदेश नं ५ मा बुटवलको ट्राफिक चोक, कर्णाली प्रदेशमा वीरेन्द्र चोक वीरेन्द्रनगर र सुदूरपश्चिम प्रदेशमा धनगढीको पार्कमोडमा खबरदारी कार्यक्रम गरेको हो।

काठमाडौँको माइतीघर मण्डलामा आयोजित प्रदर्शनमा पार्टी संयोजक रवीन्द्र मिश्रले भ्रष्टाचारको न्यूनीकरण नभई देश रुपान्तरण सम्भव नभएको बताए।

प्रकाशित: ८ वैशाख २०७६ ०२:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App