coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

कांग्रेसले खटायो जिल्ला प्रतिनिधि

काठमाडौं – नेपाली कांग्रेसले ११ गतेबाट सुरु गर्ने राष्ट्रिय जागरणका लागि सबै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ । पार्टी संगठन सुदृढीकरण र केपी ओली सरकारविरुद्ध तीन चरणको जागरण कार्यक्रम गर्ने निर्णय कांग्रेसले गरेको छ ।

जागरण अभियान सबै जिल्ला, क्षेत्र, गाउँ÷नगर, वडा र टोलसम्म सञ्चालन गरिने छ । पहिलो चरणको अभियान वैशाख ११ देखि जेठ ११ सम्मको हुने छ । दोस्रो चरणको अभियान भदौ २४ देखि असोज ७ गतेसम्म र तेस्रो चरणको अभियान पुस ७ देखि १६ गतेसम्म सञ्चालन गरिने कांग्रेसले जनाएको छ ।

कांग्रेसले बूढीगण्डकी, वाइड वडी विमान खरिदमा भएको भ्रष्टाचारको पर्दाफासलगायत १५ विषयमा जनजागरण ल्याउन राष्ट्रिय जागरण अभियान सञ्चालन गर्न लागेको स्पष्ट पारेको छ ।
 

प्रकाशित: ७ वैशाख २०७६ ०२:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App