८ वैशाख २०८१ शनिबार
राजनीति

राप्रपाले जलायाे 'धर्मनिरपेक्षता', १४ नेता कार्यकर्ता पक्राउ

काठमाडौं - धर्म निरपेक्षताको ब्यानर जलाउने क्रममा प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टीका दर्जन बढी नेता कार्यकर्ता पक्राउ गरेको छ।

प्रहरीले प्रदर्शनमा सहभागी १४ जना नेता कार्यकर्तालाई पक्राउ गरेको छ। धर्मनिरपेक्षको ब्यानरलाइ अध्यक्ष कमल थापाले आगो लगाएका थिए। रत्नपार्कस्थित शान्तिबाटिकामा राप्रपाको विरोधसभापछि ब्यानर जलाउने क्रममा प्रहरीले हस्तक्षेप गरेको हो ।

विरोधसभामा राप्रपाका केन्द्रीय सदस्य एवती कार्कीसहित १४ जना पक्राउ परेका छन्।

राप्रपाले शुक्रबार देशैभर धर्मनिरपेक्ष खारेजीको माग गर्दै प्रदर्शन गरेको छ। प्रदर्शनका क्रममा हेटौँडा र भैरहवामा राप्रपाका केही नेता कार्यकर्ता घाइते भएका छन्।

प्रकाशित: ६ वैशाख २०७६ १०:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App