coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

नेपाल र टर्की राजनीतिक परामर्श संयन्त्रको बैठक सम्पन्न

काठमाडाैँ – नेपाल र टर्कीकाबीच पहिलो राजनतिक परामर्श संयन्त्रको बैठक बिहीबार काठमाडौमा सम्पन्न भएको छ। बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रमन्त्रालयका युरोप अमेरिका महाशाखाका प्रमुख घनश्याम भण्डारी र टर्कीका तर्फबाट विदेश मन्त्रालय अन्तर्गत साउथ एसिया मामिलाका महानिर्देशक राजदूत रिजा हाकन टेकिनले गरेका थिए।

बैठकमा दुवै पक्षले दुईपक्षीय सम्बन्ध र दुई मुलुककाबीच आर्थिक सहभागिताको विस्तार र प्रवद्र्धन गर्ने विषयमा छलफल भएको थियो। छलफलमा नेपाली पक्षले नेपालमा टर्कीले व्यापार, शिक्षा र श्रमका क्षेत्रमा गरेको सहयोगको प्रशंसा गरेको थियो।

त्यस्तै टर्कीका तर्फबाट नेपालले पछिल्लो समय प्राप्त गरेको राजनीतिक उपलब्धिका लागि शुभकामना दिँदै नेपालको विकासका लागि निरन्तर सहयोग गर्ने विश्वास दिलाएको थियो। बैठकमा दुई देशका प्रतिनिधिबीच पारस्परिक चासोका क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयमा पनि छलफल भएको थियो। नेपाल र टर्कीबीच सन २०१६ अगस्ट २३ मा दुईपक्षीय राजनीतिक परामर्श संयन्त्रसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो।

प्रकाशित: ६ वैशाख २०७६ ०२:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App