coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

संगठन सुदृढीकरण र सरकारविरुद्ध केन्द्रित

काठमाडौं - प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संगठन सुदृढीकरणका साथै सरकारविरुद्ध तीन चरणको राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार पत्रकार सम्मेलन गर्दै कांग्रेसले वैशाख ११ गतेबाट तीन चरणको राष्ट्रिय जागरण अभियान सञ्चालन गर्न लागेको जानकारी दिएको हो।

पार्टी उपसभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छेदार, महामन्त्री शशांक कोइराला, सहमहामन्त्री प्रकाशशरण महतसहितका नेताको उपस्थितिमा गरिएको पत्रकार सम्मेलन गर्दै कांग्रेसले बूढीगण्डकी, वाइड वडीलगायत भ्रष्टाचार, विसंगसहितका १५ उद्देश्य प्राप्तिका लागि अभियान सञ्चालन गर्न लागेको जनाएको छ। आन्तरिकरूपमा कांग्रेस कमजोर बन्दै गइरहेका बेला पार्टीको सम्पूर्ण पंक्ति परिचालित गर्ने जनाउँदै कांग्रेसले भनेको छ, ‘नेपाली समाजमा रहेका अनेक फरक मत, संविधान या राज्यप्रणालीबारेकै बिमतिसमेतलाई राष्ट्रिय एकताको सुत्रमा गाँस्न आवश्यक छलफल र बहस विभिन्नस्तरमा अघि बढाइनेछ।’

कम्युनिस्ट पार्टीको सरकार बनेपछि कूटनीतिक क्षेत्रमा प्रस्तुत अपरिपक्वता, सेयर बजारप्रतिको नकरात्मक व्यवहार र उब्जिएको प्रतिकूल परिणाम, वौद्धिक समुदायप्रतिका अबौद्धिक टिप्पणी र कतिपय अपमानजनक घटना, चिकित्सा शिक्षा क्षेत्रमा बढेको राज्य संरक्षित बेथिति सिर्जना गरिएको छ।

संविधान जारी भएपछि तराई–मधेसलगायत मुलुकका कतिपय भू–भागमा रहेका असन्तुष्टिको समाधानको पहल गर्ने जनाउँदै कांग्रेसले भनेको छ, ‘कांग्रेस नेतृत्वको सरकारले अघि बढाएको संविधान संशोधनको प्रस्ताव नै अहिलेको आवश्यकता हो, भन्ने तथ्यलाई आम नागरिकबीचमा प्रस्ट्याउँदै त्यसका लागि आवश्यक जनमत र वातावरण निर्माण गरिनेछ।’

कम्युनिस्ट पार्टीको सरकार बनेपछि कूटनीतिक क्षेत्रमा प्रस्तुत अपरिपक्वता, सेयर बजारप्रतिको नकरात्मक व्यवहार र उब्जिएको प्रतिकूल परिणाम, वौद्धिक समुदायप्रतिका अबौद्धिक टिप्पणी र कतिपय अपमानजनक घटना, चिकित्सा शिक्षा क्षेत्रमा बढेको राज्य संरक्षित बेथिति सिर्जना गरिएको उसले आरोप लगाएको छ। सरकारका पछिल्ला गतिविधिका विषयमा बौद्धिक क्षेत्रसँग विशेष अन्तक्र्रिया र सैद्धान्तिक सहकार्य अघि बढाउने जनाउँदै उसले भनेको छ, ‘तिनै तहका सरकारलाई नागरिक हित र मुलुकको समृद्धि सम्बन्धमा निर्वाचनमा मतदातालाई दिलाएको विश्वासबमोजिम कार्य गर्न अपिल गर्दै आवश्यक दबाब बढाइने छ।’

प्रेस स्वतन्त्रतामाथि बढेको हस्तक्षेप, अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्ने अनेक प्रयत्न भइरहेको जनाउँदै कांग्रेसले प्रेस स्वतन्त्रताको रक्षाका लागि खबरदारी गर्ने जनाएको छ। निर्मला पन्त प्रकरण झंै महिला हिंसाका अनेक घटना र प्रवृतिविरुद्ध जनचेतना अभिवृद्धि गरी महिला सम्मान र सुरक्षा अभिवृद्धि गरउानुको साथै भूकम्प, हावाहुरी, आगलागी, बाढी र अनेक विपदमा भएको धनजनको क्षतिमा प्रभावकारी उद्धार र पुनस्र्थापना अभियानलाई सघाउन तथा सर्तकताका लागि अभियानमार्फत स्वयंसेवी समूह निर्णण गर्ने जनाएको छ।

पार्टीको सदस्यता वितरण र विस्तार व्यापक ढंगले गर्ने जनाउँदै केन्द्र, प्रदेश, जिल्ला, क्षेत्र, गाउँ÷नगर टोलसम्म प्रशिक्षणका कार्यक्रम सञ्चालन गर्ने जनाएको छ। ‘जनता, मतदाता र नेपाली कांग्रेस पार्टीको विभिन्न तहको नेतृत्व र सदस्यबीचको सम्बन्धलाई जीवन्त र घनिष्ट बनाउन जनसंवादमार्फत जनताका अनेक मुद्दामा अग्रसरता लिएर जनताको हितमा पार्टीलाई थप समर्पित गराउनेछ,’ कांग्रेसले भनेको छ।

सबै जिल्ला, क्षेत्र, गाउँ÷नगर, वडा र टोलसम्म सञ्चालन गर्ने तीन चरणको अभियान अन्र्तगत पहिलो रणको अभियान वैशाख ११ बाट सुरु गरेर जेठ ११ सम्मको एक महिनाको हुने उसले जनाएको छ। त्यस्तै, दोस्रो चरणको भदौ २४ बाट सुरु गरेर असोज ७ गते सकिनेगरी १५ दिन र तेस्रो चरणको पुस ७ देखि १६ गतेसम्मको दिन दिनको हुने कांग्रेसले जनाएको छ। पहिलो चरणको कार्यक्रम जिल्ला केन्द्रित, दोस्रो चरण प्रदेश निर्वाचन क्षेत्र र तेस्रो चरणको अभियान स्थानीय तह केन्द्रित हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

अभियानमा पार्टीका सबै तहका नेता तथा कार्यकर्ता परिचालित हुने जनाउँदै भ्रातृ एवं शुभेच्छुक संस्था, जनसम्पर्क समिति, काठमाडौंस्थित जिल्ला सम्पर्क समिति तथा शुभचिन्तकसमेत सवैलाई जागरण अभियानमा ऐक्यबद्ध ढंगले सहभागी र क्रियाशील गराउने जनाएको छ। सबै जिल्लामा एकैसाथ अभियान सञ्चालन गर्ने जनाउँदै कांग्रेसले काठमाडौंमा भने केन्द्रीय सभापतिले एक समारोहबीच सुरुवात गर्ने उल्लेख छ।

छरितो भेला, प्रशिक्षण, ‘अभिलेख संकलन’ सहितका कार्यक्रम राखेको जानकारी दिँदै उसले भनेको छ, ‘सिंगो पार्टी पक्ति नेपाली समाजमा रहेका भिन्न मुद्दा, भिन्न विषय र भिन्न सन्दर्भमा पार्टीका भ्रातृ र शुभेच्छुक संस्थाको अगुवाइमा प्रवेश गर्नेछ र परिणामुखी ढंगले परिचालित हुनेछ। विषयगतरूपले सम्बन्धित वर्ग र क्षेत्रलाई भ्रातृ–शुभेच्छुक संस्थाले जागरण अभियानका समग्र विषय सुसूचित गर्नेछन् र आगामी दिनका लागि निरन्तर सम्वाद र सहकार्यलाई घनिष्ट तुल्याउने छन्।’

 

प्रकाशित: ४ वैशाख २०७६ ०१:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App