४ वैशाख २०८१ मंगलबार
राजनीति

कांग्रेसकाे जागरण अभियान ३ चरणमा, पहिलाे वैशाख ११ गतेदेखि

काठमाडाैं - नेपाली कांग्रेसले जनजागरण थाल्ने भएको छ। जागरण अभियान ३ चरणमा गर्ने कांग्रेसले बताएको छ। अभियानको नाम ‘हिमाल पहाड तराई मधेस, नेपाली कांग्रेस’ राखिएको छ। 

अभियानअन्तर्गत पहिलो चरणमा देशभरका सबै जिल्लामा वैशाख ११ देखि जेठ ११ सम्म कांग्रेसले अभियान चलाउने बताएको छ। 

आज दिउँसो पार्टी कार्यालय सानेपामा कांग्रेसले पत्रकार सम्मेलनमार्फत सो कुराको जानकारी दिएको हो। वैशाख ११ गतेको कार्यक्रममा केन्द्रीय नेताहरु प्रतिनिधि बनेर सबै जिल्लामा जाने प्रवक्ता विश्वप्रकाशले जानकारी दिए। पहिलो चरणमा काठमाडौंबाट देउवाले अभियानको शुभारम्भ गर्ने बताइएको छ। 

त्यस्तै दोस्रो चरणअन्तर्गत भदौ २४ देखि असोज ७ सम्म जागरण अभियान चलाइने कांग्रेसले बताएको छ। यो अभियान प्रदेशस्तरी निर्वाचन क्षेत्रमा चलाइने छ। 

तेस्रो चरणको अभियान भने पुस ७ देखि १६ गतेसम्म चलाइने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन्। यो देशका सबै स्थानीय तहमा सञ्चालन गरिने छ। 

अभियानकै क्रममा कांग्रेसले पार्टी सदस्यता वितरणलाई पनि तीव्रता दिने जनाएको छ। यसले गत चुनावमा हारेका आफ्ना कार्यकर्ताको मनोवल उच्च पार्न सघाउ पुर्याउने कांग्रेसको दाबी छ। अभियानका क्रममा सरकारको गलत प्रवृतिको भण्डाफोरको पनि गरिने प्रवक्ता शर्माले बताए। 

अभियानका लागि भ्रातृ संस्थालाई पनि खटाइने बताइएको छ। 

जसअन्तर्गत महिला संघले महिला जागरण अभियान, तरुण दललाई सरकारको गलत कामको साथै भ्रष्टाचारविरुद्ध अभियान चलाउन जिम्मेवारी दिइएको छ। 

त्यस्तै नेविसंघलाइ ‘प्लस टु’ प्लसको जिम्मेवारी पाएको छ। यसमा कक्षा ११ र १२ का विद्यार्थीलाई कांग्रेसबारे बुझाएर पार्टीसँग जोडिने बताइएको छ। नेपाल दलित संघले सबैखाले विभेद अन्त्यका लागि अभियान चलाउने छ। यद्यपि अहिलेसम्म सबै भ्रातृसंस्थाको अवस्था भने भद्रगोल छ। 

तर, उपसभापति विमलेन्द्र निधिले नेविसंघको तदर्थ समिति भने यस अभियान अगावै बनाउने बताएका छन्। चार सदस्यीय तरुण दलको समितिलाई पनि पूर्णता दिने निधिले बताए। विदेशस्थित नेपालीले पनि मतदानमा भाग लिन पाउने सर्वोच्चको फैसलालाई कांग्रेसको जनसम्पर्क समितिले अभियान बनाउने कांग्रेसले बताएको छ। 

पत्रकार सम्मेलनमा उपसभापति निधि, अर्का उपसभापित विजयकुमार गच्छदार, महामन्त्री कोइराला, सहमहामन्त्री प्रकाशशरण महत, कोषाध्यक्ष सीतादेवी यादव लगायतको सहभागिता थियो। 

मैले हिन्दूधर्मको कुरा गरेको छैन : महामन्त्री डा. कोइराला

कांग्रेस महामन्त्री शंशाक काेइरालाले धर्मको विषयमा बोली फेरेका छन्। यसअघि हिन्दू राष्ट्का लागि जनमतसंग्रह गर्नुपर्छ भन्दै आएका महामन्त्री कोइरालाले पत्रकार सम्मेलनमा बोली फेरेका हुन्। 

उनले भने, मैले बोलेको विषयमा गलत बुझाइ भयो, हिन्दू धर्मको विषयमा मैले बोलेको छैन। कांग्रेसको झण्डाको एउटा ताराले धार्मिक स्वतन्त्रता बोक्छ,’। 

प्रकाशित: ३ वैशाख २०७६ १०:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App