coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

नयाँ वर्ष विकासको ‘फाउन्डेशन वर्ष’: मुख्यमन्त्री पोखरेल

पाल्पा– प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले नयाँ वर्ष विकासको ‘फाउन्डेशन वर्ष’ बन्ने बताएका छन्। उनले २०७५ सालमा भएगरेका गल्ती कमजोरी समीक्षा गर्दै समृद्धिको यात्रामा नयाँ वर्षमा अगाडि बढ्ने मुख्यमन्त्रीले बताएका हुन्। नयाँ वर्षको अवसरमा पाल्पाको तानसेनमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका छन्। 

‘हामी २० लाख पर्यटक पु¥याउने लक्ष्य राखेका छौं। प्रदेश ५ सरकारले नयाँ वर्षलाई लुम्बिनी भ्रमण वर्षको रूपमा मनाउँदैछ’, उनले भने, ‘संविधान जारी भएपछि बितेका तीन वर्ष काम गर्न नसक्ने अवस्था रहेको भएता पनि अब नयाँ वर्षमा विकासले तीव्रता पाउनेछ। पहिलो वर्ष भूकम्प आयो, नाकाबन्दी लाग्यो। दोस्रो वर्ष तीनतीनवटा चुनाव सम्पन्न भयो। तेस्रो वर्ष संघीयता कार्यान्वयन गर्ने कानून बनाउने वर्षका रूपमा गुजा¥र्यौं।’

 

प्रकाशित: १ वैशाख २०७६ ०७:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App