१५ चैत्र २०८० बिहीबार
राजनीति

गच्छदारले बुझाए क्रियाशील सदस्यको विवरण

काठमाडौं– लोकतान्त्रिक फोरमबाट एकता गरेर नेपाली कांग्रेसमा आएको विजयकुमार गच्छदारले आफ्नो पार्टीको क्रियाशील सदस्यको विवरण बुझाएका छन्।

फोरमसँगको एकतालाई टुँग्याउन उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा रहेको कार्यदललाई गच्छदारले विवरण बुझाएका हुन्। 
आज बसेको कार्यदलको बैठकमा कांग्रेसका उपसभापतिसमेत रहेका गच्छदारले तत्कालीन लोकतान्त्रिक फोरममा रहेका देशभरका २५ हजार ४६८ जना क्रियाशील सदस्यको विवरण बुझाएका हुन्। 

यस्तै, गच्छदारले  महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यको पनि नामावलीसहितको विवरण पार्टी उपसभापति तथा  कार्यदलका संयोजक निधिलाई हस्तान्तरण गरेका हुन्। उक्त कार्यदलले पार्टीको सांगठनिक संरचना, भ्रातृ संघ एवं शुभेच्छुक संस्थाको समायोजन गर्नेछ। 

 

प्रकाशित: २८ चैत्र २०७५ १२:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App