६ वैशाख २०८१ बिहीबार
राजनीति

‘वंशजको नागरिकतामा सर्वाेच्चले रोक लगाएर लाखौं नेपालीलाई राज्यविहीन बनायो’

काठमाडौं– राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले जन्मको आधारमा वंशजको नागरिकता दिने गृह मन्त्रालयको परिपत्रमा सर्वाेच्च अदालतले रोक लगाउनु दुःखद भएको टिप्पणी गरेको छ। 

गृहले मन्त्रीस्तरीय निर्णयबाट जन्मका आधारमा वंशजको नागरिकता दिन ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई दिएको परिपत्र कार्यान्वयन नगर्न÷गराउन सर्वाेच्चले सोमवार आदेश जारी गरेपछि राजपाले मंगलबार विज्ञप्ति निकालेर चिन्ता व्यक्त गरेको हो। 

राजपा अध्यक्ष मण्डलका संयोजक शरत्सिंह भण्डारीद्वारा जारी विज्ञप्तिमा सर्वाेच्चद्वारा जारी नागरिकता सम्बन्धी आदेशप्रति ध्यानाकर्षण जनाउँदै लाखौं नेपालीलाई नागरिकताबाट वञ्चित गराई राज्यविहीन अवस्थामा पु¥याउनु दुःखद भएको उल्लेख छ। 

‘संविधानको धारा ११ को उपधारा ३ को व्यवस्था विपरीत र यसअघि सर्वाेच्च अदालतद्वारा नै जन्मका आधारमा नागरिकता लिएका नागरिकका सन्तानलाई वंशजको आधारमा नागरिकता दिन गरिएको आफ्नै आदेशविरुद्ध लाखौं नेपालीलाई नागरिकताबाट वञ्चित गराई राज्यविहीन अवस्थामा पु-याउने यसखाले आदेशले हामीलाई अत्यन्तै दुःखी र चिन्तित तुल्याएको छ’, विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २६ चैत्र २०७५ १०:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App