coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री ओलीले सेनालाई कमजोर पार्न खोजेः नेता खाँण

बुटवल– नेपाली कांग्रेसका प्रमुख सचेतक तथा केन्द्रीय सदस्य बालकृष्ण खाँणले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनालाई कमजोर पार्ने खेल खेलिरहेको आरोप लगाएका छन्। पूर्व रक्षामन्त्री समेत रहेका नेता खाँणले प्रधानमन्त्रीले सेना परिचालन गर्ने निर्णय गर्नु राष्ट्रघाती भएको बताए।

कांग्रेस तिलोत्तमाको नगरसभालाई आइतबार रुपन्देहीको मंगलापुरमा सम्बोधन गर्दै खाँणले राष्ट्रबादको नारा बोकेर प्रधानमन्त्रीले राष्ट्रघाती निर्णय गरेको बताएका हुन।

स्वर्गीय सुशील कोइरालाले शिलान्याश गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा कम्युनिस्ट सरकारले ढिलाई गरेको भन्दै नेता खाँणले असन्तुष्टि व्यक्त गरे। तत्कालिन एमाले नेताका छोराछोरीलाई ठेकेदार बनाएर विमानस्थल निर्माण आयोजनाबाट आर्थिक फाइदा लिन खोज्दा विमानस्थल निर्माणमा ढिलाई भएको उनको भनाइ थियो।
 
कांग्रेस केन्द्रीय सदस्य मिन विश्वकर्माले अहिलेको सरकारले भ्रष्टाचारलाई प्रोत्साहन गरेको बताए। वाइडवडी प्रकरणमा सरकारले छानविन नगरेर भ्रष्टाचारीलाई उल्टै प्रोत्साहन गर्नुका साथै सविधानको समेत उल्लंघन गरेको उनले बताए। कांग्रेसमा ठूला भनिने नेताहरु नै एकले अर्कालाई विगार्न खोज्दा पार्टी कमजोर बनेको उनको भनाई छ। कांग्रेस कमजोर हुँदा कम्युनिस्ट बलियो बनेको भन्दै उनले मुलुको हितकालागि पार्टीलाइ बलियो बनाउनुको बिकल्प नभएको बताए।

प्रतिनिधिसभाका सार्वजनिक लेखा समितिका सभापति तथा कांग्रेसका नेता भरत कुमार शाहले एनसेलको टावर बचाउँ गर्न नसक्नेलाइ विदेशी लगानीकर्ताले पनि नपत्याएको बताए। नेता शाहले  भूमि ब्यवस्था सम्बन्धी ऐनमार्फत सरकारले उद्योगी र मध्यमवर्गलाई कङ्गाल पार्न खोजेको पनि बताए। 

जिल्ला सभापति अब्दुल रज्जाकले  प्रतिपक्षमा रहेर नेपाली कांग्रेसलाई बलियो बन्ने अवसर मिलेको बताए। कांग्रेस तिलोत्तमा नगर समितिका सभापति हरिलाल पाण्डे, प्रदेशसभा सदस्य रमा अर्याल, जिल्ला सचिब रामकृष्ण खाँण लगायतले बोल्दै अव पार्टी भित्रको मनमुटाव त्यागेर सरकारका गलत क्रियाकलापको भण्डाफोर अभियानमा लाग्नु पर्नेमा जोड दिए।

प्रकाशित: २४ चैत्र २०७५ १६:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App