८ वैशाख २०८१ शनिबार
राजनीति

जिल्ला सभापतिहरूकाे गाेप्य भेला, कडा अनुशासन

काठमाडौं– नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको गोप्य भेला बुधबार काठमाडौंको ठमलेस्थित एक होटलमा बसेको छ। 

बैठकमा पत्रकारलाई समेत निषेध गरिएको छ। सभापति देउवाविरुद्धको आक्रमक बनेका असन्तुष्ट खेमाका नेताहरु पछिल्लो समय रक्षात्मक देखिएका छन्। 

बुधबार र बिहीबारको लागि बोलाइएको बेठकमा जिल्ला सभापतिहरुलाई मोबाइल प्रयोगसमेत निषेध गरिएको छ। अधिकांश संस्थापनइतर समूहका जिल्ला सभापति रहेको बैठकमा महासमिति बैठकको निर्णयलाई केन्द्रीय समितिले उल्ट्याएको विषयमा छलफल भइरहेको नुवाकोट सभापति जगदीश्वरनरसिंह केसीले बताए। 

महासमिति बैठकमा जिल्ला सभापतिहरूले केन्द्रीय सदस्य पनि महाधिवेशन प्रतिनिधि हुन बुथबाटै निर्वाचित भएर आउनुपर्ने र समानुपातिकमा एकपटक भन्दा बढी अवसर दिन नहुने माग गरेका थिए। उनीहरूको मागलाई केन्द्रीय समितिबाट सम्बोधन गर्ने महासमिति बैठक समापन गर्दै सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले उद्घोष गरेका थिए।

तर केन्द्रीय समिति बैठकले उनीहरूको माग नसिमेटेपछि आक्रोसित बोका जिल्ला सभापतिले माग सम्बोधन नभए विषेश महाधिवेशनको पहल थाल्ने चेतावनी दिएका थिए। बैठकमा अधिकांश जिल्ला सभापतिहरुले विषेश महाधिवेशनको विषय पनि उठाएको बताइएको छ। 

बैठकबारेमा सबैलाई आआफ्नो तरिकाले नबोल्नसमेत सचेत गराइएको छ। ‘विषयलाई अतिरञ्जित बनाइयो। यसले गर्दा समस्या हुन्छ भनेर कडा अनुशासन निर्धारण गरिएको हो’, एक सभापतिले भने, ‘अझै विधान छापिएको छैन। संस्थापन समूहलाई फकाउन सके विधानमा पुनर्विचार गर्छन् कि भन्ने रणनीति पनि हो।’

बैठकको सम्पूर्ण निर्णय बिहीबार सार्वजनिक हुने पाँचथर सभापति नरेन्द्रकुमार केरुङले बताए। बैठकमा बारा र पर्सामा आएको आँधीबाट प्रभावितलाई सहयोग गर्ने निर्णयसमेत भएको उनले बताए। ‘हामीले पीडितलायई सहयोग गर्ने निर्णय ग¥यौं’, उनले भने, ‘कति सहयोग गर्ने भन्ने कुन जिल्लाले कति घोषणा गर्छ त्यसमा भर पर्छ। यो बैठकको अन्तिममा टुँगो लाग्छ।’

बैठकमा ५० बढी जिल्ला सभापतिको सहभागिता रहेको संस्थापनइतरका जिल्लान सभापतिको दाबी छ। 

 

प्रकाशित: २० चैत्र २०७५ १४:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App