१६ चैत्र २०८० शुक्रबार
राजनीति

वडा कार्यालयमा विप्लवको पर्चा र शंकास्पद बस्तु

सुर्खेत– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले गुर्भाकोट नगरपालिका ६ को वडा कार्यालयमा शंकास्पद बस्तु र पर्चा राखेको छ। इलाका प्रहरी कार्यालय छिन्चुका अनुसार नेपाली सेनाको बम डिस्पोज टोलीले शंकास्पद बस्तु डिस्पोज गरिसकेको छ।

‘डिस्पोजका क्रममा माटो र ढुंगालाई पार्टीको झण्डाले पोको पारेर वडा कार्यालयमा झुण्ड्याइएको पाइयो’, इलाका प्रहरी कार्यालय छिन्चुका प्रमुख प्रहरी निरीक्षक निरोज चौलागाईले भने, ‘शंकास्पद बस्तुसँगै विप्लव समूहको पर्चा पनि फेला परेको छ।’

शंकास्पद बस्तुसँगै भित्तामा टाँसिएको पर्चामा ‘राष्ट्रघात, भ्रष्टाचार, बलात्कारविरुद्ध संघर्ष गरौं, दलाल, भ्रष्ट, घुसखोर, तस्करलाई जनकारवाही गरौं’ लेखिएको छ। प्रहरी निरीक्षक चौलागाईले जनप्रतिनिधिलाई तर्साउने उद्देश्यले विप्लव समूहले शंकास्पद बस्तु राखेको बताए। 

‘नेपाली सेनाको कालिबक्स गण वीरेन्द्रनगर र सबुज गुल्म छिन्चुको टोलीले शंकास्पद बस्तु खोलेर हेर्दा पार्टीको झण्डाले बेरेको अवस्थामा माटो र ढुंगा फेला प-यो’, प्रहरी निरीक्षक चौलागाईले भने, ‘यो जनप्रतिनिधि र स्थानीयलाई तर्साउनका लागि हो।’ उनले जनप्रतिनिधि र जनताको सुरक्षाका लागि प्रहरी प्रतिबद्ध रहेको बताए।

प्रकाशित: २० चैत्र २०७५ ११:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App