coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

धर्म स्वतन्त्र हुनुपर्छ : कोइराला

पाल्पा - नेपाली कांग्रेसका महामन्त्री सशांक कोइरालाले कांग्रेसले कहिले पनि हिन्दु राष्ट्र हुनुपर्छ नभनेको बताएका छन्। उनले धर्म स्वतन्त्र हुनुपर्छ भन्दै कांग्रेसको चाहाना धार्मिक स्वतन्त्रता नै प्रमुख रहेको बताएको छ। कांग्रेसको झन्डाको चार तारामा एक तारा धर्म स्वतन्त्रताको प्रतिक हो।’

नेपाल प्रेस युनियन पाल्पा शाखाले गरेको पत्रकार सम्मेलनमा बोल्दै सांसदसमेत रहेका महामन्त्री कोइरालाले केपी ओली होली वाइन खाएर बस्छन्, तर जनता विरोध गर्दैनन्। अनि कहाँबाट हिन्दुराष्ट्र हुन्छ। हिन्दुराष्ट्र जनतालाई चाहिन्छ भने जनताले नै आन्दोलन गर्नुपर्छ। उनले भने, ‘कांग्रेसमा महाधिवेशनको चर्चा चलेको तर उम्मेदवारी केमा भन्ने कुरा साथीहरुसँग सरसल्लाह गरेरमात्र टुङ्गो लाग्छ।’ सिके राउतसँग दुर्भाग्यवश सम्झौता सरकारले गरेको बताए। जसले छुट्टै राज्य खोजे उसँग सम्झौता गरेको छ। बरु विप्लवसँग वार्ता गरेर उनीहरू पनि राजनीतिको मूलधारमा ल्याउन जरुरी छ।

‘शक्तिशाली दुईतिहाइको दम्भ भएको सरकारले गरेको काममा जनता कत्ति पनि सन्तुष्ट छैनन्। कुनै पनि पार्टी सन्तुष्ट छैनन्, महामन्त्री डा. सशांक कोईरालाले भने, मूल्य आकाशिएको छ। भष्ट्राचारीहरु बढेर गएका छन्। निर्मला पन्तका बलत्कारीलाई कारवाही गर्न सकिरहेको छैन, सरकार। यसले जनतामा आशाभन्दा निराशा फैलाएको छ।’

‘वाइड वडीमा अर्बौको भ्रष्टाचार भएको छ। केपी ओलीले न्यायपालिकालाई पनि आफ्नो अधिनमा राख्न खोजेको छ। सुरक्षा निकायको बागडोर आफ्नो पक्षमा पारेर सर्वसत्तावादी चरित्र प्रधानमन्त्रीले प्रदर्शन गरिरहनुभएको छ,’ कोइरालले भने, ‘संघीयतामा हामी गसकेका छौं। अधिकारको विकेन्द्रीकरणको अन्तिम बिन्दु संघियतामा गैसकेपछि प्रदेश र स्थानीय तहलाई पनि अधिकार दिनुपर्छ। तर सबै कुरा केन्द्रले नियन्त्रण गरिरहेको छ। जुन दुर्भाग्यपूर्ण हो।’

प्रकाशित: १९ चैत्र २०७५ ०५:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App