७ वैशाख २०८१ शुक्रबार
राजनीति

गुटबन्दी गर्ने आफैं सकिन्छन् : प्रधानमन्त्री

दमकमा नेकपाको एकता भेला र नगर कमिटीको शपथग्रहण कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली।

दमक - प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र गुटबन्दी गर्नेहरू आफैँ समाप्त हुने भएका छन्। उनले गुटबन्दीले नेता र पार्टी दुवैलाई क्षति पुग्ने बताए। दमकमा नेकपाको नगर कमिटी र वार्ड कमिटीको सपथग्रहण कार्यक्रममा प्रधानमन्त्री ओलीले पार्टीका आन्तरिक समस्या बैठकमा राख्ने परिपाटीको विकास गर्नुपर्ने बताए।

पार्टीका नेता वामदेव गौतमप्रति इंगित गर्दै उनले भने, ‘हामीले पार्टी फुटेको पनि देख्यौं, फुटाएर जुटेको पनि देख्यौं, तर पार्टी बैठकमा कुरा गर्ने परिपाटीको विकास किन गर्न सकेनौं ?’ ओलीले मुलुकमा ६४ प्रतिशत मतसहित नेकपा हुँदाको अवस्था र भूमिगत अवस्थाको समेत चित्रण गरे। ‘भूमिगत अवस्थामा पार्टी एउटा ठाउँ र गाउँमा मात्रै थिए, अहिले नेकपा मुलुकभर छ, विश्वव्यापी चर्चा छ,’ उनले भने, ‘तर यो अवस्था मन नपराउने, गुटबन्दी गर्नेहरू आफैं सकिएर जानेछन्।’

ओलीले २०२२ सालदेखि पार्टीमा क्रियाशिल रहेको र त्यसबेलाको अवस्था र अहिलेको अवस्थामा धेरै भिन्नता रहेको बताए। अहिले पार्टी भर्खर बनेको छ, ढलाइ मात्रै भएको छ, असन्तुष्टि केही रहेका होलान् ती समाधान हुन्छन्, तर पार्टीमा आपूmले मागेको भएन भनेर गुट गर्ने छुट छैन,’ ओलीले भने, ‘अब पार्टी भित्रका समस्या विस्तारै समाधान हुनेछन्।’

नेकपाका अध्यक्ष ओलीले पार्टी भित्रका अन्र्तविरोध समाधान गर्दै अघि बढ्ने उल्लेख गरे। ‘असन्तुष्टि, कुन्ठा समाधान भएर जान्छन्, अब मुलुकको सबै भन्दा ठूलो पार्टी हामी भएका छांै,’ उनले भने, ‘मुलुककै सबै भन्दा बढी मत दिने जनता मसँग छन्।’ प्रधानमन्त्री ओलीले बारा र पर्सा जिल्लामा हावाहुरीका कारण मृत्यु भएकाहरूप्रति श्रद्धान्जली समेत अर्पण गरे। उनले सहयोग र उद्दारमा जुट्नका लागि पार्टी कार्यकर्तालाई निर्देशन दिए। ओलीले जिल्लाका हुने अरु कार्यक्रम स्थगित गर्दै बारा प्रस्थान गरेका थिए।

प्रकाशित: १९ चैत्र २०७५ ०३:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App