८ वैशाख २०८१ शनिबार
राजनीति

टिचिङ पुगेर घाइते भेटे कांग्रेस नेता पौडेलले


 
काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आइतबार राति बारा र पर्सामा आएको  हावाहुरीको कारण गम्भीर घाइते भएर महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचार गराइरहेका घाइतेहरूको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन्।

उनीहरूलाई  सोमबार नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौ ल्याइएको हो। काठमाडौंमा उपचार भइरहेका घाइतेहरूमा गीता देवि, महम्मद मियाँ, समिना खातुन, किशन पटेल, अमन पटेल  सुरेश पटेल मनोज अन्सारी रहेका छन्। घाइतेहरूलाई भेटेर पौडेलले घाइतेका आफन्तसँग घटनबारेमा जानकारी लिएका थिए।

प्रकाशित: १८ चैत्र २०७५ ११:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App