८ वैशाख २०८१ शनिबार
राजनीति

जिल्ला सभापतिसँग देउवाले भने– केन्द्रीय सदस्यलाई चिढ्याउन सकिनँ

काठमाडौं– केन्द्रीय समितिले आफूहरूको मुद्दा उल्ट्याएपछि निर्णय सच्याउन नेपाली कांग्रेस जिल्ला सभापतिहरू सक्रिय छन्। केही दिनदेखि जिल्ला सभापतिहरूले पार्टी सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरूसँग ‘लबिङ’ सुरु गरेका छन्।

आफ्ना मुद्दालाई पार्टीमा स्थापित गराउन सभापतिहरूले पार्टी नेतालाई फकाउनेदेखि चेतावनीसम्म दिन थालेका छन्। महासमिति बैठकमा जिल्ला सभापतिसहित अधकिांश महासमिति सदस्यले केन्द्रीय सदस्य पनि महाधिवेशन प्रतिनिधि हुन बुथबाटै निर्वाचित भएर आउनुपर्ने र पार्टीका जुनसुकै निकायमा समानुपातिकमा एकपटकभन्दा बढी अवसर दिन नहुने माग अघि सारेका थिए। 

त्यो क्रममा सभापति देउवाले आफूले केन्द्रीय सदस्यलाई चिढ्याउन नसकेको बताए। ‘तपाईंहरूसँग प्रतिबद्धता पनि जनाएको हो। मैले महासमिति समापनमा तपाईंहरूका मुद्दालाई समेट्छु पनि भनेको हो’, एक जिल्ला सभापतिले देउवाको भनाइ उद्धृत गर्दै भने, ‘मैले केन्द्रीय सदस्य साथीहरूलाई चिढ्याउन सकिनँ।’

जिल्ला सभापतिहरूले महासमितिमा उनीहरूको माग नसमेटेसम्म विधान पारित हुन नदिने सुइँको पाएका सभापति देउवाले उनीहरूको मुद्दालाई केन्द्रीय समितिमार्फत समावेश गरेर पारित गर्ने आश्वासन दिए। तर केन्द्रीय समितिमा विधान आइपुग्दा उजने आफ्नो प्रतिबद्धता नै भुले। उक्त प्रतिबद्धता सम्झाउँदै जिल्ला सभापतिहरू केही दिनअघि सभापति निवास बूढानीलकण्ठ पुगेका थिए। उनीहरूले सभापतिलाई चैत २० र २१ गते काठमाडौंमा जिल्ला सभापतिहरूको भेला रहेको जानकारी गराएका थिए। 

त्यो क्रममा सभापति देउवाले आफूले केन्द्रीय सदस्यलाई चिढ्याउन नसकेको बताए। ‘तपाईंहरूसँग प्रतिबद्धता पनि जनाएको हो। मैले महासमिति समापनमा तपाईंहरूका मुद्दालाई समेट्छु पनि भनेको हो’, एक जिल्ला सभापतिले देउवाको भनाइ उद्धृत गर्दै भने, ‘मैले केन्द्रीय सदस्य साथीहरूलाई चिढ्याउन सकिनँ।’ 

आफूहरूका मुद्दाप्रति सभापति सकारात्मक भए पनि केही ‘किचन क्याबिनेट’का नेताका कारण महासमितिको निर्णय उल्टिएको एक जिल्ला सभापतिको दाबी छ। ‘उहाँ त हाम्रा मुद्दामा सकारात्मक हुनुहुन्छ’, उनले नागरिकसँग भने, ‘तर सधैं अवसर खोज्ने केही कोटरीका नेताले सभापतिलाई बिगारे।’

यस्तै, जिल्ला सभापतिहरूले आफूहरूको भेलाबारे र मुद्दा उल्ट्याउने विषयमा केही शीर्ष नेताहरूलाई भेटेका छन्। उनीहरूले महामन्त्री डा. शशांक कोइराला, पूर्णबहादुर खड्का नेता अर्जुनरसिंह केसीलगायतलाई भेटे। भेटका क्रममा महाधिवेशनसम्म यो मुद्दालाई लिएर जान महामन्त्री डा. कोइरालाले सुझाएका थिए। अर्का महामन्त्री खड्का पनि आफूहरूका मुद्दामा सकारात्मक रहेको जिल्ला सभापतिहरू बताउँछन्। पार्टीभित्र विवाद आवश्यक नरहेकाले बीचको बाटो खोज्नुपर्ने खड्काले बताएका थिए। 

आफूहरूको मुद्दालाई नसमेटेपछि आक्रोशित ५६ जिल्ला सभापतिहरूले विषेश महाधिवेशनको पहल थाल्ने धम्की दिँदै यसअघि नै विज्ञप्ति जारी गरिसकेका छन्। उनीहरूले अब कसरी अघि बढ्ने भन्ने रणनीति तय गर्न चैत २० र २१ गते काठमाडौंमा जिल्ला सभापतिहरूको भेला बोलाएका छन्। 

यो मुद्दालाई महाधिवेशनमा लैजाने रणनीति जिल्ला सभापतिहरूले बनाएका छन्। यसलाई संस्थापनइतर समूहले पनि सहयोग गरेको छ। असन्तुष्ट समूहले यो मुद्दालाई महाधिवेशनमा आफ्नो समूहको मुद्दा बनाउने निश्चित छ। 

‘यो मुद्दा सामूहिक प्रस्तावबाट महासमितिले पारित गरेको थियो। तर केन्द्रीय समितिमा उल्टियो। बहुमतको आधारमा विधान पारित गरिएको घटना कांग्रेसमा पहिलो हो’, झापा सभापति उद्धव थापा भन्छन्, ‘केन्द्रीय समितिले पारित गर्दैमा हाम्रो एजेन्डा सकिएको छैन। भोलिका दिनमा कसरी उठाउँछौं, त्यो जिल्ला सभापतिहरूको भेलाले तय गर्छ। तर १४ औं महाधिवेशनमा यी दुई एजेन्डा हाम्रा प्रमुख मुद्दा बन्छन्।’

 

प्रकाशित: १५ चैत्र २०७५ ११:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App