१६ चैत्र २०८० शुक्रबार
राजनीति

सामुदायिक विद्यालयमा विद्यार्थी ‘सिकाउने र टिकाउने अभियान’

फाइल फाेटाे

ताप्लेजुङ – प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराईले विद्यार्थीको आकर्षण बढाउन शिक्षक र प्रधानाध्यापक जिम्मेवार हुनुपर्ने बताएका छन्।

ह्युमन प्राक्टिस फाउन्डेसनले ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा सुरु गरेको २ दिने गुणस्तरीय शिक्षण सिकाइ गोलमेचको शुक्रबार उद्घाटन गर्दै संघीय संसदको शिक्षा समिति सदस्यसमेत रहेका सांसद भट्टराईले भने, ‘अबको सामुदायिक विद्यालयीय शिक्षा ‘सिकाउने र टिकाउने’ हुन्छ। यसखाले विधेयक पनि तयार भइसकेको छ।’

सांसद भट्टराईले विद्यार्थी भर्ना अभियानबाट साक्षरताको पहिलो खुड्किलो पूरा गरेकालाई विद्यालयमा नियमित रहने र पढेका कुरा सिक्ने बनाउन यस्तो अभियनलाई विधेयकले समेटेको उनको भनाइ थियो। नेपालका सामुदायिक विद्यालयमा विद्यार्थीको पढाइ सिकाइ केन्द्रित दर घटदै जानुले पनि विद्यालयकोे शैक्षिक स्तर सुधार हुन नसकेको भट्टराईले बताए।

अबको शिक्षा प्राविधिकधार केन्द्रित हुनुपर्ने भन्दै भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले प्राविधिक शिक्षाका लागि योजना बनाउनुपर्ने गरी गरेको संकल्प सहि भएको बताए। ‘माध्यमिक तह भित्रैमा उसले प्राविधिक सीप पाएर त्यसको अवसरको प्रयोगबाट प्राप्त कमाई अब उसले (विद्यार्थीले) उच्च शिक्षाका लागि लगानी गर्ने वातावरण बन्नुपर्छ’, भट्टराईले भने। यो पद्धति नेपालका लागि नौलो भए पनि बाहिरी देशमा प्रयोगमा आइसकेको उनले बताए। 

सामुदायिक विद्यालका शिक्षकतर्फ लक्षित गर्दै सांसद भट्टराईले प्रत्येक सामुदायिक विद्यालयले अब माटो सुहाउँदो एक–एक वटा प्राविधिक विषयको पढाइका लागि कार्ययोजना तयार गर्न समेत आग्रह गरे। यस कार्यमा सघाउन स्थानीय सरकारले योजना र बजेट व्यवस्थापन गर्नुपर्ने उनको भनाई थियो। 

प्रकाशित: १५ चैत्र २०७५ ०९:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App