coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

विवेकशील अदालत पुग्यो

काठमाडौं – निर्वाचन आयोगले दलका रुपमा दर्ता गर्न अस्वीकार गरेपछि विवेकशील नेपाली दल सर्वोच्च अदालत पुगेको छ । आयोगले दल दर्ताका लागि अस्वीकार गरेपछि विवेकशील अदालत पुगेको हो ।

दल दर्ताका लागि विवेकशीलले निर्वाचन आयोगमा निवेदन दिए पनि आयोगले त्यसलाई अस्वीकार गरेको थियो । ‘विवेकशील नेपाललाई दर्ता हुनबाट वञ्चित गर्ने निर्वाचन आयोगकोे निर्णय घोर अन्यायपूर्ण र कानुनविपरीत रहेको हाम्रो ठहर छ,’ उसले भनेको छ, ‘हामी यस निर्णयको जोडदार विरोध गर्छाैं ।’

लोकतन्त्रलाई लुटतन्त्रले छाया पारिरहेका बेलामा निर्वाचन आयोग लोकतन्त्रमा हुने अभ्यासलाई समन्वय, सहजीकरण र सहयोग गर्नुपर्ने मूलभूत भूमिकाप्रति नै गैरजिम्मेवार भएको आरोप विवेकशीलले लगाएको छ ।
 

प्रकाशित: १४ चैत्र २०७५ ०२:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App