coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

परिवार भेट्न आएका विप्लवका जिल्ला इन्चार्ज समातिए

बुटवल - प्रहरीले नवलपरासीबाट विप्लव नेतृत्वको नेकपाका जिल्ला इन्चार्जलाई पक्राउ गरेको छ। पश्चिम नवलपरासीका जिल्ला इन्चार्ज गंगा ज्ञवाली ‘सुमन’लाई सोमबार राति पक्राउ गरिएको नवलपरासी प्रहरीले जनाएको छ।

जिल्ला इन्चार्ज ज्ञवालीलाई  नवलपरासीको बर्दघाटबाटै पक्राउ गरिएको नवलपरासी प्रहरी प्रमुख एसपी राजेन्द्र भट्टले जानकारी दिए। 

रुपन्देहीको खैरहनी घर भएका उनी दुइ वर्षदेखि पार्टीको नवलपरासी इन्र्चाजको जिम्मेवारीमा छन्। नवलपरासीको बर्दघाट नगरपालिका ४ मा बस्दै आएका उनी परिवार भेट्न आएका बेला रुपन्देही र नवलपरासीको सीमा क्षेत्रबाट पक्राउ परेको बताइए पनि प्रहरीले भने बर्दघाटबाटै पक्राउ गरेको जनाएको छ।

विप्लवले फागुन ३० गते गरेको बन्दका बेला नवलपरासीमा भएको ट्रक आगजनीमा उनी संलग्न भएको प्रहरीको दाबी छ। बन्दका बेला नवलपरासीमा रोकी राखेका दुई वटा ट्रकमा आगजनी भएको थियो। ट्रक आगजनी मुद्दा दर्ता गरी उनलाई परासी हिरासतमा राखीएको एसपी भट्टले बताए। पक्राउ परेका ज्ञवालीको साथबाट पार्टीसम्बन्धी केही दस्ताबेज बरामद गरिएको प्रहरीले जनाएको छ। 

प्रकाशित: १२ चैत्र २०७५ १५:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App