coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सरकारले देशलाई द्वन्दमा फसाउन खोज्यो : साउद

अछाम- नेपाली कांग्रेसका नेता एनपी साउदले दुई तिहाईको कम्युनिष्ट पार्टीको सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई प्रतिवन्ध लगाएर देशलाई द्वन्दमा फसाउन खोजेको आरोप लगाएका छन्।

मंगलवार अछामको मेल्लेखमा भएको नेपाली कांग्रेसको आम सभालाई सम्वोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री साउदले देश संघीयतामा गएपछि जति विकासले फड्को मार्नु पर्ने थियो, जती जनताको लागि सरकारले काम गर्नुपर्ने थियो त्यो सरकारले गर्न नसकेको बताएका छन्।

उनले भने, ‘जनताले जसरी कम्युनिष्टलाईहरुलाई विश्वास गरेर भोट दिएर जिताए, आज आएर पछुताई रहेका छन्।’ जति विकास गर्लान भन्ने अपेक्षा थियो त्यो सवै सपनामा सिमित भएको उनको दावी छ। कांग्रेस अछामको आयोजनामा अछामका विभिन्न स्थानमा कार्यक्रम सम्पन्न गर्ने योजना रहेको कांग्रेस अछामका सभापति भरतकुमार स्वारले जानकारी दिए।

प्रकाशित: १२ चैत्र २०७५ १२:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App