coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रहरीले ‘सर्च अपरेसन’ चलाइरहँदा किन काभ्रे छोडेनन् वलीले ?

काठमाडौं- पछिल्लो समय विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका माथिल्लो तहका नेता कार्यकर्ता धमाधम पक्राउ पर्न थालेका छन्। नेता कार्यकर्ता पक्राउ परेपछि यो पार्टीका विभिन्न निकायले प्रेस विज्ञप्ती जारी गर्दै आफ्ना नेताको रिहाईको माग गर्ने गरेको छ। तर, मध्यकमाण्ड इन्चार्ज हेमन्त प्रकाश वली ‘सुदर्शन’ गिरफ्तार भएको तीन दिन वित्दा पनि विप्लव समूहले कुनै विज्ञप्ती निकालेको छैन।

विप्लव समूहको माथिल्लो नेतृत्व पंक्तिमा वली गिरफ्तारीलाई लिएर अनेक विश्लेषण हुन थालेको स्रोतले बताएको छ। सुरक्षा चुनौती भएको थाहा हुँदाहुँदै उनले किन हेलचेक्रयाई गरेर गिरफ्तारी दिए ? आन्तरिक विश्लेषण हुन थालेको विप्लव समूह स्रोतले बताएको छ। वली गत चैत ९ गते काभ्रेबाट पक्राउ परेका थिए।

पक्राउ परेको स्थानमा तीन दिन अघिदेखि प्रहरीले सर्च अपरेसन चलाएको थियो। नेकपाका एक नेता भन्छन्, ‘ त्यो अवधिमा उनले सुरक्षित स्थान परिवर्तन गर्न नचाहेको देखिन्छ, पक्राउ अस्विभाविक देखिन्छ।‘

विप्लवसँग असन्तुष्ट

विप्लव नेतृत्वको नेकपाले लिएको पछिल्लो नीतिप्रति हेमन्तप्रकाश वली  असन्तुष्ट थिए। एनसेल कार्यालयमा भएको वम विस्फोटको घटनाको जिम्मेवारी  उनले लिएका थिए। स्रोत भन्छ, जुन घटनाको जिम्मेवारी पार्टी नेतृत्वले लिने भन्ने थियो तर वलीले पहिले नै लिए। स्थायी समितिवाट भएका निर्णयमा वलीले समानान्तर अभ्यास गर्दै आएको आरोप  पनि लाग्दै आएको थियो।।

त्यस्तै केपी शर्मा ओली नेतृत्वको सरकारले वार्ता टोली गठन गरेसंगै उनले पार्टी भित्र वार्ताको लाइनमा थिए। उनले गुणराज लोहोनी मार्फत पटक पटक वार्ताको पहल गरेका थिए। तर विप्लवले वार्ताको संकेत नदिएपछि वली अन्तिम समयमा पछाडि हटेका थिए।

तत्कालीन नेकपा माओवादी केन्द्रवाट मोहन बैद्य र नेत्र विक्रम चन्द विप्लवले सशस्त्र संघर्षको लाइन लिएर पार्टी विभाजन गर्दा वली असहमति जनाएका थिए। त्यस वेला सक्रिय राजनीतिमा नरहेका उनी केही बर्ष अघि मात्र विप्लव नेतृत्वको नेकपासंग जोडिएका थिए।

यसरी पक्राउ परे सुदर्शन

सरकारले वली पक्राउलाई उपलब्धीका रुपमा व्याख्या गरेको छ। गत फागुन २८ गते विप्लव नेतृत्वको नेकपालाई प्रतिवन्ध लगाउने निर्णय गरेसंगै  शुरु गरेको पक्राउ सिलसिला जारी छ।

केही हप्ता अघि एनसेल कार्यालयमा भएको वम विस्फोटमा वलीले सुर्य भुजेलको टेलिफोन प्रयोग गरेका थिए। भुजेल नेता वली सहयोगी थिए। वलीले प्रयोग गरेको फोनका आधारमा प्रहरीले भुजेललाई पनि पक्राउ गरेको छ। 

भुजेलको पक्राउसंगै प्रहरीले वली काभ्रेमा रहेको अनुमान गर्दै त्यस क्षेत्रमा २० घण्टा सर्च अप्रेसन चलायो। पक्राउ पर्नु दुई दिन अघि प्रहरीले चलाएको सर्च अप्रेसनमा उनको चश्मा र औषधी मात्र फेला पारेको थियो। पछिल्लो समय प्रहरीले जति पनि नेता कार्यकता पक्राउ गरेको छ प्राय मध्यकमाण्डका वली माताहतका रहेको नेकपाको वुझाई छ।

सरकारले पार्टीलाई प्रतिवन्ध लगाएपछि नेकपाले आफ्ना नेता तथा कार्यकर्तालाई सुरक्षीत रहन निर्देशन जारी गरेको भएपनि ओलीले किन सुरक्षीत स्थान परिवर्तन गर्न चाहेनन् भन्ने नेकपा भित्र छलफलको एजेन्डा बनेको छ। 

 

प्रकाशित: ११ चैत्र २०७५ १०:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App