coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

'प्रदेशलाई अधिकार दिन सरकार चुक्यो'

काठमाडाैं - संसदको तस्रो अधिवेशन सकिँदा पनि जनसरोकारका विषयमा उत्तरदायी बन्न नसेको निष्कर्ष निकालेको छ। आजको कांग्रेस संसदीय दलको बैठकले सरकारले मूल्य वृद्धि र महँगी नियन्त्रणमा गर्न नसकेको आरोप लगाएको छ। 

यस्तै कांग्रेसले सरकार अहिले पनि विकेन्द्रीकरण हुन नसकेको पनि आरोप लगाएको छ। ‘प्रदेश सरकारलाई अधिकार दिन सरकार चुक्यो,’ कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले भने, ‘कम्युनिष्ट सरकार केन्द्रीकृत शासन मै विश्वास गर्ने प्रमाणित भएको छ।’ उनले संसद्को तेस्रो अधिवेशनसम्म आइपुग्दा कांग्रेस जनउत्तरदायी मुद्दा उठाउन भने केही सफल भएको बताए। उनले थपे, ‘स्वतन्त्र पत्रकारितालाई निषेध गर्ने गरी ल्याएको विधेयक आउने अधिवेशनमा पनि रोक्छौं।’ 

प्रधानमन्त्रीले प्राथमिकतामा रहेका ठूला आयोजनाहरु प्रधानमन्त्री कार्यालयमातहत ल्याएर अपारदर्शिता र भ्रष्टाचारलाई बढावा दिएको आरोप खाँणले लगाए। सरकारले राष्ट्रिय सुरक्षासम्बन्धी विधेयकमा कपोकल्पित परिकल्पना गरेर सेना परिचालनको जिम्मेवारी प्रधानमन्त्रीले लिन खाजेको आरोप लगाए। उक्त विधेयकलाई सरकारले तत्काल फिर्ता लिनुपर्ने र फिर्ता नलिए पारित हुन नदिने खाँणले चेतावनी दिए। 

सरकार प्रतिनिधि र राष्ट्रिय सभा नियमावलीमा भएको सवालजवाफको विषयमा पनि चुकेको खाँणले आरोप लगाए।सरकारका प्रतिनिधिसँग सवालजवाफ राख्न पाउनुपर्ने सांसदहरुको अधिकार भएको भन्दै उनले भने, ‘सरकारले जवाफ दिने गरी काम नगरेकाले जिम्मेवारीबाट पन्छियो। प्रधानमन्त्रीलाई त्यसका लागि संसदमा उभ्याउनै पर्छ। आगामी दिनमा त्यस्ता गतिविधि नहोस्।’

प्रमुख सचेतक खाँणले विप्लव माओवादीलाई प्रतिबन्ध लगाएर सरकारले द्वन्द्वको बीजारोपण गरेको आरोप पनि लगाए।उनले थपे, ‘दर्ता नभएका दललाई प्रतिबन्ध लगाएर सरकारले निषेधका राजनीति गरेको छ। यसले द्वन्द्व निम्त्याउने निश्चित छ। समस्याको समाधान वार्ताबाट खोजिनुपर्छ।’ 

छाया सरकारका लागि आफ्ना सांसदलाई नाम टिपाउन आग्रह गरे पनि उसले छाया सरकार गठन गर्न सकेको छैन। आजको बैठकमा पनि सांसदहरुले यसबारे बैठकमा प्रश्न राखेपछि सभापति शेरबहादुर देउवाले यसबारे गृहकार्य भइरहेको जानकारी दिए। 

 

प्रकाशित: ११ चैत्र २०७५ ०९:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App