१ श्रावण २०७७ बिहीबार
राजनीति

राजपाद्वारा संसद बैठक अवरुद्ध

काठमाडौं– राष्ट्रिय जनता पार्टीको (राजपा), नेपालले संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक अवरोध गरेको छ। राजपाको अवरोधपछि बैठक १० मिनेटका लागि स्थगित भएको छ।

राजपाले केही दिनयता मधेस र थरुहट अन्दोलनका बारेमा सर्वोच्च अदालतका न्यायाधीश गिरिसचन्द्र लालको नेतृत्वमा तयार भएको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै बैठक अवरुद्ध गर्दै आएको छ। संसदको हिउँदे अधिवेशन आज सकिँदैछ। प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा आज ३ बजे सम्बोधन गर्ने कार्यतालिका छ। 

 

प्रकाशित: १० चैत्र २०७५ १३:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App