१६ चैत्र २०८० शुक्रबार
राजनीति

दाहाललाई पक्राउ गर्न अमेरिकामा उजुरी

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाललाई पक्राउ गर्न माग गर्दै अमेरिकामा उजुरी परेको छ।

श्रीमती सीता दाहालको उपचारका क्रममा अमेरिकामा रहेका दाहालविरुद्ध डा. तिलक श्रेष्ठले उजुरी दिएका हुन्। श्रेष्ठले बाल्टिमोरस्थित अनुसन्धान ब्युरोलाई सम्बोधन गर्दै आइतबार उजुरी दिएका हुन्। उजुरीमा एकजना चर्चित आतंककारी भन्दै दाहाल अमेरिका भ्रमणमा रहेको जनाइएको छ।

उजुरीमा सुरुमा अमेरिकाको आतंकवादी सूचीमा रहेका दाहालले सुरु गरेको युद्धका कारण नेपालमा १७ हजार गरिब नेपालीले ज्यान गुमाएको जनाइएको छ। ‘उनी यो साता जोन हप्किन हस्पतालमा श्रीमतीको उपचारका क्रममा आएका छन्,’ उजुरीमा भनिएको छ।

उजुरीमा आतंककारीसम्बन्धी अमेरिकन मापदण्ड, नैतिक मूल्य, आन्तरिक र बाह्य कानुनी दायित्वमा रहेर कारबाही अघि बढाउन आग्रह गरिएको छ। निवेदक श्रेष्ठले आफूलाई उजुरीबारेमा धेरै जानकारी नरहेकाले सहयोग गर्न र उजुरीलाई सम्बन्धित निकायसम्म पुर्याउन पनि आग्रह गरेका छन्।

कूटनीतिक क्षेत्रका विज्ञहरू भने यस्ता उजुरीले केही फरक नपर्ने बताउँछन्। ‘अमेरिकाको आफ्नै प्रक्रिया हुन्छ, कसैले उजुरी गर्दैमा कारबाही गर्ने भन्ने हुँदैन,’ कूटनीतिक स्रोतले भन्यो।

प्रकाशित: ६ चैत्र २०७५ ०१:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App